संगीतकार तथा संगीत संयोजक बिजु बज्र (बिजुप्रसाद बौद्धचार्य) को हृदयाघातका कारण ४८ वर्षको उमेरमा आइतबार निधन भएको छ। आइतबार बिहान आफ्नै निवासमा हृदयघात भएपछि नया“ बानेश्वरस्थित सिभिल अस्पताल लगिएकोमा उपचारको क्रममा उनको निधन भएको हो।
उनलाई ५ वर्षअघि २ पटक हृदयाघात भइसकेको थियो। ४० को दशकमा गुल्मीको बामी टक्सारबाट नेपाली कांग्रेसको राजनीतिक कलाकार भई संगीतमा प्रवेश गरेका बिजुले ५० को दशकमा उत्तम नेपाली, शशीविक्रम शाह, सुदर्शन राणालगायतका गीतमा संगीत भरेका थिए। उनको संगीतमा पुराना पुस्ताका फत्तेमान राजभण्डारी, योगेश वैद्य, कुमार बस्नेतदेखि नया“ पुस्ताका सुगम पोखरेल, रेश्मा सुनुवार, कर्ण दासलगायत धेरै गायकगायिकाले गीत गाएका छन्।
उनका चर्चित गीतमा झरी परिरह्यो मनमा थामि“दैन आ“सु, बिस्तारै छायो आ“खामा अ“ध्यारो, तिमी मभन्दा कोसौं टाढा छ“ै, मै ठूली भैछु रे आइदेऊ घुम्टी ओढाइदेऊ, कुन रंगको कमी थियो र, परेवाको जोडी उडेको देख्दा, सा“झ पख जब आदि हुन्। २०४९ सालमा रेडियो नेपालमा स्वर परीक्षा पास गरेका बिजुकी श्रीमती कोपिला पनि कुनै समय पार्टीकै गायिका थिइन्। बिजुका जेठा छोरा कोविद बज्र पनि संगीत क्षेत्रमै छन्। उनका श्रीमती, दुई छोरा कोविद र बिक्कु तथा छोरी रेविका छन्। उनको सोमबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ।











प्रतिक्रिया