कागजपत्र अख्तियारको नियन्त्रणमा

0
Shares

काठमाडौ,(नेस) । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिका र जलेश्वर , स्वच्छन्द र बिकोइ कम्पनीबिच २०७१ साल फागुन २२ गते भएको सम्झौताको सम्पुर्ण कागजपत्र नियन्त्रणमा लिएको छ ।

हिजो आइतबार दिउसो महानगरको मुख्यालयमा पुगेको टोलीले बिवादित खुला मञ्चको सटर भाडामा दिएको विषयको सम्पुर्ण कागजात नियन्त्रणमा लिएको हो । अख्तियार स्रोतका अनुसार टोलीले सम्झौतापत्र,संरचना निर्माण गर्न दिएको अनुमतिपत्र लगायतका सम्पुर्ण काजगात छानविबनको लागि नियन्त्रणमा लिएको हो ।

टोलीले कामपाले संरचना निर्माणको विषयमा समेत जानकारी लिएको थियो । महानगरले खुलामञ्चमा शौचालय, एउटा क्यान्टीन र टिकट काउन्टर लगायत ६ वटा संरचना निर्माण गर्न स्वीकृत दिएको थियो ।

ठेकेदार कम्पनीले खुलामञ्चमा ५१ वटा सटर निर्माण गरी भाडामा दिएपछि स्थानीयले खुलामञ्च जोगाउन माग गर्दै आन्दोलनमा उत्रिएका थिए । विवाद उत्सर्गमा पुगेपछि कामपाले शनिबार खुलामञ्चको संरचना डोजर लगाएर भत्काएको थियो ।

उता खुलामञ्चको विषयमा थप निर्णय गर्न हिजो बोलाइएको अनुगमन समितिको बैठक रोकिएको छ । उपमेयर हरीप्रभा खड्गी श्रेष्ठ अध्यक्ष रहनुभएको ५ सदस्यीय कमिटीमा कोरम नपुगेपछि दुई पटक स्थगित भएको हो । समितिमा प्रमुख प्रशासकीय अधिकृत, १४ नम्बर वडा अध्यक्ष, ३२ वडाका नगरकार्यपालिकाका सदस्य र भौतिक विकास विभागका प्रुमख सदस्यसचिव थिए । बिहान ८ बजे र ११ बजे बोलाइएको बैठक स्थगित गर्नुपरेको समितिका संयोजक खड्गीले बताउनुभयो । उहाले भन्नुभयो– खुला मञ्चलाई व्यवस्थित गर्न कस्तो योजना बनाउने भन्ने ?