काठमाडौँको मनोहराबाट नगदसहित ११ जुवाडे पक्राउ

0
Shares

काठमाडौँ । प्रहरीले काठमाडौँको मनोहराबाट नगद १ लाख १६ हजार ८ सय ९५ रुपैयाँसहित ११ जुवाडेलाई पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट गएको प्रहरी कागेश्वरी मनोहरा नगरपालिका–६, तिवारीटोलस्थित प्रेम तिवारीको घरबाट प्रहरीले उनीहरुलाई शनिबार पक्राउ गरेको हो ।

उनीहरुलाई नगद १ लाखख १६ हजार ८ सय १५ सहित पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक होविन्द्र वोगटीले जनाएको छ ।

नियन्त्रणमा लिइएकाहरुलाई अहिले प्रहरी वृत्त बौद्धमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।