पत्रकार महासंघले प्रचण्डलाई ज्ञापनपत्र बुझायो

0
Shares

काठमाडाैं । नेपाल पत्रकार महासंघले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ । आइतबार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यता एवम् संविधानको मूल मर्म र भावना अनुरुप राज्यका तीनवटै तहमा सञ्चारसम्बन्धी नीति, कानुन र संरचना निर्माण गर्न ध्यानार्कषण गराउँदै अध्यक्ष प्रचण्डलाई ज्ञापन पत्र बुझाएको हो ।

महासंघले सञ्चार क्षेत्रका समस्या समाधानका लागि नेपाल सरकार र विभिन्न राजनीतिक दललाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सीमित विषय सम्बोधन गरिएको र धेरै मुद्दाहरु अझै सम्बोधन नभएको स्मरण गराएको छ ।

विज्ञप्तिमा महासंघले पत्रकारहरुलाई समचार लेखेकै आधारमा विद्युतीय कारोबार ऐन तथा राज्यविरुद्धको अपराध मुद्दा लगाएर थुन्ने र जेल हाल्ने जस्ता कार्यले संविधानले सुनिश्ति गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पेशागत सुरक्षा थप चुनौतीपूर्ण बन्दै गएको उल्लेख गरेको छ ।

महासंघले निर्वाध रुपमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्ने वातावरण निर्माण गर्न, श्रमजीवि पत्रकारको हक, अधिकार कार्यान्वयन गराउन एवम् समग्र सञ्चार क्षेत्रको प्रवद्र्धन र विकाससँगै पुर्नसंरचनाका लागि विभिन्न १६ वटा बुँदामा अध्यक्ष प्रचण्ड र उनको पार्टीको ध्यानार्कषण गराएको छ ।

ज्ञापनपत्र बुझ्दै अध्यक्ष प्रचण्डले पत्रकारको समस्या समाधान गर्न नेकपाको सरकार लागिपर्ने बताए । उनले नेपालको परिवर्तनका लागि पत्रकार महासंघको भूमिका महत्वपूर्ण भएको पनि उल्लेख गरे ।