रंगशाला बन्छ नेपालीको सार्बजनिक


लोकप्रिय लोक गायक गायिका बद्रि पंगेनी र पुर्णकला बिसीले क्रिकेट गीत सार्बजनिक गरेका छन्। धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियान सफल बनाउन सबैलाई आग्रह गर्दै उनले क्रिकेटसम्बन्धि गीत सार्बजनिक गरेका हुन्।

रंगशाला बन्छ नेपालीको बोलको यो गीत दुर्गा पंगेनीले लेखेका हुन् भने संगीत बद्रि पंगेनीले नै दिएका छन्। गीतमा पुर्णकला बिसीले उनलाई साथ दिएकी छिन्। हरेक नेपालीको सपना, देशको गौरवको परियोजना नेपालीले नै सफल बनाउनुपर्नेजस्ता भाव बोकेको गीतको म्युजिक भिडियो सुदिप बरालले खिचेका छन् भने शंकर बिसीले निर्देशन गरेका छन्। भिडियोमा धुर्मुस सुन्तलीले गरेका उदाहरणिय कार्यहरु समावेश गरीएको छ।

खेलाडीहरुले संसारभर नेपाल चिनाईरहेको बेला रंगशाला अनिवार्य आवश्यक रहेको र नेपालीहरु मिलेर रंगशाला निर्माणमा सहयोग गर्नुपर्ने गायक बद्रि पंगेनी बताउ“छन्। गीत धुर्मुस सुन्तलीको अफिसियल युट्युव च्यानलबाट सार्बजनिक गरिएको छ।