संगीतमा घामको छायाँ


लोक दोहोरी गीत घामको छायाँ राजधानीमा शुक्रबार एक समारोह बिच लोकगायक कुमार बस्नेतले भिडियो प्रिमियरस“गै गीत सार्वजनिक गरिएको छ।

मेलिना राई र लक्ष्मण मगरको स्वर रहेको गीतबारे बोल्दै प्रमुख अतिथि लोकगायक बस्नेतले पछिल्लो समयका लोकगीतको क्षेत्रमा लागेका युवाहरुलाई प्रोत्साहन गर्नुपर्ने बताए। उनले गीतसंगीतको क्षेत्रमा प्रविधिले फड्को मारेस“गै बिकृति पनि आएको बताए। गीतमा मिनप्रकाश ओलीले संगीत भरेका छन् भने रमेश बोहराको शब्द छ। गीतको एजेन्ज केबि भण्डारीले गरेका हुन्।

भिडियोमा भुपेन्द्र डा“गी र सृष्टि खड्कालाई फिचरिङ गरिएको छ। प्रकाश खड्काले खिचेको भिडियो बिक्रम चौहानले निर्देशन गरेका हुन् भने सम्पादन मिलन विश्वकर्माले गरेका छन्। संगीतकार मिन प्रकाशले पछिल्लो समय युवापुस्ताले मन पराउने गीत बनेको बताए। निर्देशक बिक्रमले कलाकारहरुको उत्कृष्ट कामले भिडियो राम्रो बनेको बताए। कार्यक्रम गोपिकृष्ण चापागाईंले सञ्चालन गरेका थिए।