आईएनजीओको २३ अर्ब लगानी वालुवा पानी

0
Shares

सुम्निमा काफ्ले, काठमाडौं । गैरसरकारी संस्थाले विभिन्न क्षेत्रमा २३ अर्ब बराबरको रकम खर्चेर कार्यक्रम सञ्चालन गरे पनि देश र जनताको हितमा तात्विक उपलब्धि नभएको पाइएको छ ।

२३ देशका ९८ गैरसरकारी संस्थाले नेपालको विभिन्न क्षेत्रमा २३ अर्व ६ करोड ७४ लाख रुपयाँ कार्यक्रम स्वीकृत गरे पनि त्यसले अपेक्षित नतिजा हासिल गर्न नसकेको महालेखा परीक्षण कार्यालयको पछिल्लो प्रतिवेदनमा उल्लेख गरिएको छ ।

गत आर्थिक वर्षमा समाज कल्याण परिषदबाट ती गैरसरकारी संस्थाले कार्यक्रम सञ्चलानर्थ स्वीकृित लिएका थिए । ती संस्थाको १ वर्षदेखि ५ वर्षभित्र खर्च गर्ने र अनुगमन हुने गरी प्रस्ताव र स्वीकृत भई मन्त्रालयमा पेश भएको थियो ।

अन्तर्राष्ट्रिय गैरसरकारी क्षेत्रले शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका, भूकम्प प्रभावित व्यक्ति, समुदाय विकास मानव तस्करी लगायतका क्षेत्रमा प्रस्ताव गरेअनुसार २१ अर्व ६ करोड७४ लाख स्वीकृत गरेको देखिएको छ तर गएको आर्थिक वर्षमा परियोजना प्रस्ताव भएअनुसार खर्च गरे÷नगरेको अनुगमन भएको पाइएको छैन ।

आइएनजिओले नेपालको शिक्षा, स्वास्थ्य तथा वालवालिका भुकम्प प्रभावित व्यक्ति, समुदायको विकास, बालपोषण,पूर्वधार निर्माण मानव तस्करी,नियन्त्रण लगायत क्षेत्रमा काम गर्दै आएका छन् ।

प्रभावकारी अनुगमन संयन्त्रयको अभावमा लक्षित वर्गमा परेको प्रभाव मापन गर्न नसकेको उक्त प्रतिवेदनमा उल्लेख छ । संस्थामार्फत हुने कायक्रम र गतिविधिको निरन्तर अनुगमन गर्नुपर्ने महालेखा परिक्षण कार्यालयको सुझाव छ ।

सरकारले कार्यविभाजन नियावली,२०७४( महिला बालबालिका तथा ज्येष्ठ नागरीक)मा मन्त्रालयले,राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुको समन्वय तथा परिचालन गर्ने गैरसरकारी संस्थाद्धारा कार्यनयन गरीएका कार्यक्रमको अनुगमन गर्नुपर्ने उल्लेख छ ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको कार्यक्षेत्रमा नीति, योजना र कार्यक्रम तर्जुमा एवम् कार्यान्वयन, अनाथ बालबालिका, असहाय, महिला वृद्धवृद्धा, जेष्ठ नागरिक, अपाङ्क र अशक्तको संरक्षण, समाज कल्याण परिषद र सरकारी एवं गैरसरकारी संघ संस्थादारा सञ्चालित कार्यक्रमको मूल्याङन तथा गैरसरकारी संस्थाको समन्वय परिचालन र अनुगमन लगायतका कार्य रहेका छन् ।