गुल्मीको झाडा पखाला प्रभावित क्षेत्रमा विशेषज्ञ टोली


अनिल खत्री, गुल्मी ।
गुल्मीमा झाडा पखलाबाट सिङ्गो गाउँ नैै प्रभावित बनेपछि काठमाडौंबाट बिशेषज्ञ टोली अध्ययनका लागि आउने भएको छ । जिल्लाको मुसिकोट नगरपालिको वडा नम्वर ४ दजाकोटमा सिङ्गोगाउँ नै झाडा पखलाको महामारिमा फैलिएको हो ।

गत सोमबारबाट झाडा पखला फैलिएको क्षेत्रमा के कारणले झाडा पखला फैलिएको भन्ने बारे अनुसन्धान गर्न काठमाडौंबाट बिश्व स्वस्थ्य सठन (ध्ज्इ) को समन्वयमा इपिडियोनोलोजि तथा रोग नियन्त्रण महाशाखाबाट टोली गुल्मी आउने भएको छ । डक्टर सहितको टोली शनिवार साझ सम्म प्रभावित क्षेत्रमा पुग्ने गुल्मी अस्पताल प्रमुख उत्तम पच्याले बताए ।

टोलीले पानीको मुहानबाट पानी लगेर परिक्षण गरिने डक्टर पच्चाले बताए । गुल्मी अस्पतालमा उपचारत ५ जनाको दिशा परिक्षणमा हैजाको किटाणु नदेखिएरको र दुषित पानीमा परजिबी फैलिएकाले झाडा पखला गराएको डक्टर पच्चाले बताए ।

झाडापखालाले विहिवार ,शुक्रवार को तुलनामा शनिवार बिरामीहरु घटदै गएपनि उपचार गराएर घर फर्केका बिरामीहरु पुनः उहि समस्या दोहोरिएर आउने गरेका छन् । शनिवार सम्म १ सय ५७ जना पुगेका छन् । विरामी परेकाहरु मध्ये ४ जनाको गुल्मी अस्पताल तम्घास, एक जनाको चितवन लगिएको छ । गुल्मी अस्पताल हुदै पाल्पा बुटवलमा उपचार सम्भव नभएपछि चितवनमा लगिएको हो ।

गुल्मी अस्पतालमा उपचारत मध्ये २ जना निको भएर घर फर्किएको जिल्ला अस्ताल गुल्मीका प्रमुख उत्तम पच्याले बताए । अरु २ जनाको पनि अबस्था समान्य बन्दै गएको छ । अन्य केही व्यक्तिको सोही ठाउँमा संचालन गरिएको अस्थाई स्वास्थ्य शिविरमा उपचार भैरहेको छ ।

०७३ सालमा गाउँ नै ध्वस्त हुने गरि आगोलागी भएको र त्यस समयमा अरु प्रयोजनका लागि ल्याइएको पानी स्थानियले खानेपानीको लागि केहि महिना देखि प्रयोग गर्दै आएको स्थानिय हरि छन्तेलले बताए । दुषित पानीका कारण फैलीएको झाडापखाला अझै पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन् ।

८५ घरपरिवारलाई वितरण गरिदै आएको पानी अचानक दुषित बनेका कारण गत त्यहाँका स्थानीयहरुमा सामान्य रुपमा झाडापखालाको लक्षण देखिएको थियो । स्थानीयहरुले पानी उमालेर खाँदा पनि समस्या समाधान नभएपछि उक्त गाउँमा शुक्रवारदेखि ट्यांकरमा पानी बोकेर खानेपानी वितरण गर्न थालिएको छ ।

विरामी पर्नेहरुमा चार वर्षदेखि ८० वर्ष उमेरसम्मका व्यक्तिहरु रहेका छन् । झाडापखालाको प्रकोप देखिएको उक्त ठाउँमा जिल्ला स्वस्थ्य कार्यालय गुल्मीबाट औषधी डक्टर सहितको टोलि पुगेर विरामीहरुको उपचार गरिरहेको भट्टराइले बताए ।

उनका अनुसार झाडा पखला फैलीएको स्थानको पिउने पानी ल्याट टेस्टको लागि ल्याइएको बताए । सोहि स्थानमै ०७३ साल बैशाख १८ गते पारी जंगलमा लागेको आगो पानीको अभावमा स्थानियले नियन्त्रणमा लिन नसक्दा वारी दजाकोटमा फैलिएर त्यो पुरै गाउँ खरानीमा परिणत भएको थियो ।

५६ घरधुरी जलेर नष्ट भएको थियो । भने १ जनाको मृत्यु समेत भएको थियो । घर गोठ सहित ७० वटा जलेको १० करोड भन्दा बढिको क्षति भएको थियो ।