मानव अधिकारकर्मी भन्छन्ः राज्यमन्त्रीले १४ बर्षीया बालिकाको बालविवाह गराएर कानुनको धज्जी उडाए


सुभेन्द्र दास, लाहान ।
लहान। बालविवाह अपराध हो । विवाह गराउँनेपक्ष पनि सोही किसिमको अपराधीमा सँलग्न हो । समाजमा अपराध न्यूनिकरण गर्न सरकारले करोडौ खर्च गर्दै आएको छ । तर, सरकारकै प्रदेश २ का उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले सम्पूर्ण खर्च दिएर १४ बर्षीया बालिकालाई तड्कभड्का साथ विवाह गराएका छन् ।

कानुनको पालना गराउँने राज्यमन्त्री मण्डलले २०६२ बैशाख १० गते जन्मिएकी कल्याणपुर ३ पर्साहीकी राधा मल्लिकलाई २०७६ बैशाख ११ गते लाखौ खर्च गरेर विवाह गराए दिएका छन् । राज्यमन्त्री मण्डलले कन्यादान समेत गरेर शिक्षाबाट मल्लिकलाई बन्चित गराएका छन् । राधा स्थानीय पर्साही माविमा कक्षा २ मा पढ्दै गर्दा २०७२ मा विद्यालय जान छाडेकी थिइन् ।

राज्यमन्त्री मण्डलले कुशे डोमका छोरी राधालाई शिक्षाको लागि लगानी नदिएर कलिलो उमेरमा विवाह गराएर कानुनी राज्यलाई धजी उडाएका छन् । बिहे भएको रातीमा शिक्षाबाट बंचित पारिएकी राधालाई अर्शिवाद दिएर बिहान बिदाई गरेका छन् । राज्यमन्त्री मण्डलले शिक्षामा जोड नदिई कलिलो उमेर विवाह गराएर दलित समाजलाई जिस्कियाइएको मानव अधिकारकर्मी राजकुमार राउतको कथन छ ।

गाउँघरमा अहिले पनि डोम समुदाययसँग छुवाछूत कायमै रहेको छ । यस्तो कार्य राम्रो होईन मानव भएर छुवाछुत गर्नु पर्दैन राम्रो काम पनि होईन तर पनि कतिले छुवाछुत गरिरहेको छ । यस्ता कार्य हटाउनका लागि मेरो प्रयास हरदम रहने र आफुले यो बालविवाहमा सक्दो सहयोग गर्न पाउँदा आफु खुशी हुने गरेको मन्त्री मण्डलले बताए ।

जिल्ला प्रशासन कार्यालय सिरहाका एसपी जीवन श्रेष्ठले बालविवाह अपराध हो । मिडियामा आएको घटनावारे हामी अनुसन्धानमा लागेका छौ । उजुरी आए तिब्र अनुसन्धानमा लाग्ने भन्दै कानुन सबैको लागि बराबर हो बताए । राज्यमन्त्री मण्डलले दहेजको समेत प्रोत्साहन गरी सुन दान, भोजभतेर गरी तडकभडकका साथ सो विवाह गराएको छ ।
त्यो पैसा कहाँबाट प्रेस सँगठन नेपालका केन्द्रीय सदस्य सन्तोष बराईलीले खोजि गरिरहेका छन् । प्रमाण पाइएमा तत्काल कारवाही गर्ने बराईलीले अधिकारिक धर्ना व्यक्त गरेका छन् ।