जिल्लामै पहिलो पटक हाम्रो माथागढी नामक स्थानीय पाठ्यक्रम शुरु


पाल्पा ।
संविधानमा व्यवस्था भए अनुसार विद्यालय तहको पाठ्यक्रम स्थानीय तहले नै तयार गर्न पाउने प्रावधान अनुसार यहाको एक गाउँपालिकाले स्थानीय पाठ्क्रम निर्माण गरी यसै शैक्षिक सत्रदेखि लागू गरेको छ।

जिल्लाको दक्षिण पूर्वी भागमा रहेको माथागढी गाउँपालिकाले पहिलो पटक स्थानीय पाठ्यक्रम निर्माण गरेर जिल्लाको शिक्षा क्षेत्रमै नमूना काम गरेको हो । गाउँपालिकाले आफ्नै पाठ्यपुस्तक बनाएर पठन–पाठनको अभ्यास समेत शुरु गरेको छ । चालु शैक्षिक सत्र २०७६ देखि गाउँपालिकाले पाठ्यपुस्तक बनाएर गाउँपालिका भरी हाम्रो माथागढी स्थानीय पाठ्यक्रम लागु गरेको गाउ पािलकाले जनाएको छ ।

गाउँपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रम यसै शैक्षिक सत्रमा पहिलो चरणमा कक्षा १ र कक्षा ६ मा स्थानीय पाठ्यक्रम लागु गरेको हो । एक सय पूर्णाड्ढको हाम्रो माथागढी पुस्तक तयार गरी चालु शैक्षिक सत्रबाट स्थानीय पाठ्यक्रम लागु गरेको छ । आधारभूत तहको ८ सय पूर्णाड्ढमध्ये सय पूर्णाड्ढको पाठ्यक्रम स्थानीय तहले नै तयार गर्न पाउने प्रावधान अनुसार गाउँपालिकाले पाठ्क्रम निर्माण गरेको हो ।

अनिवार्य र ऐच्छिक विषय बाहेक सय पूर्णाड्ढको स्थानीय पाठ्यक्रमको विषयवस्तु विद्यालयहरुले पढाउनुपर्नेछ । केन्द्रीय पाठ्यक्रम विकास केन्द्र काठमाडौं सँगको परामर्श तथा स्वीकृतिमा गाउँपालिकाले स्थानीय स्तरको पाठ्यक्रम तयार गरी लागु गराएको छ । गाउँपालिकाले लागु गरेको स्थानीय पाठ्क्रममा विभिन्न १६ वटा विषयवस्तु समेटिएका छन् ।

हाम्रो माथागढी पुस्तकमा रहेका विषयवस्तुहरुमा माथागढीको चिनारी, माथागढीको ऐतिहासिक पृष्ठभूमी, स्थानीय जातजाती, भाषाभाषी, ऐतिहासिक तथा महत्वपूर्ण व्यक्तिहरुको जीवनी परिचय र वडा वडाको जनसंख्याको अवस्था, स्थानीय संस्कृति, प्रचलित स्थानीय संस्कार, स्थानीय कला र सम्पदाहरु, स्थानीय बोलीचाली र लिपी, स्थानीय व्यवसाय सीप र प्रविधि, स्थानीय उपचार विधी, जडिबुटीको अवस्था, स्थानीय खेल, स्थानीय भूगोल, आर्थिक गतिविधी, जिविकोपार्जन र स्थानीय पर्यटनको विषयवस्तुहरु समेटिएको गाउँपालिकाका अध्यक्ष सन्तोषकुमार थापा मगरले बताउनु भयो ।

स्थानीय पाठ्यक्रम सय पूर्णाड्ढको रहने छ, जसमा सैद्धान्तिक ५० र प्रयोगात्मक ५० पूर्णाड्ढको रहेको छ । जसमा विद्यार्थीहरुको मूल्याड्ढन प्रणाली कक्षा १ देखि ३ सम्म निरन्तर मूल्याड्ढनको आधारमा तोकिएको नमूना अनुसार हुनेछ । कक्षा ४ देखि ८ सम्म परीक्षा प्रणाली अनुसार वस्तुगत, विषयगत तथा लामा छोटा प्रश्नहरु समावेश गरी सैद्धान्तिक परीक्षा मूल्याड्ढन गरिने छ । विद्यार्थीहरुको कक्षामा प्रयोगात्मक कार्य मूल्याड्ढन गरी रेकर्ड समेत राखी प्रयोगात्मक मूल्याड्ढन राखिएको प्रमुख प्रशासकीय अधिकृत दिपककुमार नेपालीले बताउनु भयो ।

अशेष भट्टराईको संयोजकत्वमा गाउँपालिकाले २०७५ साल माघ १७ गते मधु पराजुली, लोकेन्द्र थापा, दुर्गा ढेंगा र गीताकुमारी गाहा सदस्य रहेको ५ सदस्यीय स्थानीय पाठ्यक्रम निर्माण समिति गठन गरी कामको जिम्मेवारी दिएको थियो । गाउँपालिकाले दिएको जिम्मेवारी अनुसार स्थानीय पाठ्यक्रम निर्माण पूरा गरी गाउँपालिकालाई बुझाएको समितिका संयोजक भट्टराईले जानकारी दिनुभयो ।

बालबालिकाले आफ्नो गाउँ–ठाउँ, कलासंस्कृति, भेषभुषा, सम्पदा, महत्पूर्ण व्यक्तिको बारेमा जानकारी पाउँदा अपनत्व बढ्ने, भावनात्मक सम्बन्ध रहने, गाउँ ठाँउमै रहने वातावरणको विकास हुने गाउँपालिकाका अध्यक्ष थापाको भनाइ छ ।