छायांकनमा हिरो नं. वन

0
Shares

अभिनेता तथा निर्देशक जयकिशान बस्नेतको हिरो नं. वन छायांकनमा निस्किएको छ।

जयकिशन बस्नेत फिल्म्स प्रालिको ब्यानरमा निर्माणाधीन फिल्ममा लेखन, निर्देशन तथा निर्माण कलाकार जयकिशन बस्नेतको नै रहनेछ। जाहन्वी बस्नेत र ब्रबिम बस्नेत प्रस्तुतकर्ता रहेको फिल्ममा द्वन्द्व शंकर महर्जन, शृंगार रवि केसी, मधु न्यौपानेको गीत, संगीत तारावीर पाण्डे र हरि थापा तथा नृत्य रामजी लामिछानेको रहनेछ।

विनोद सापकोटाको छायांकन र तारा थापा ‘किम्भे’ को सम्पादन रहने फिल्ममा जयकिशन बस्नेत, एलिना रायमाझी, राजीवजंग बस्नेत, जाहन्वी बस्नेत, टार्जन, शोभित बस्नेत, यत्तलम केसी, संघरत्न महर्जन, माया तामाङ, मलन ताम्राकार, आशिस क्षेत्री, आरोही श्रेष्ठ, निशान चिलसवाल, रामजी रायत, प्रवीण अधिकारी, सन्तोष श्रेष्ठ, चन्दन आर्गेजा, शुभेच्छा थापा, राजु गिरी, सावित्रा चिलुवाल, विनोद ठाकुर, गणेश केसी, अनिक लामा, रोशन मगर, लय संग्रौला, बखत विष्ट, प्रतिभा विष्टलगायत कलाकार रहनेछन्।