दाल भात तरकारी टुरले जगायो उत्सुकता र कौतुहलता

0
Shares

आगामी वैशाख २० गते अल नेपाल रिलिज हुने फिल्म दाल भात तरकारीलाई लिएर दर्शकका बीच उत्सुकता रहेको पाइएको छ।
दाल भात तरकारीको टिमले देशका १० शहरमा दाल भात तरकारी टुर गर्दा दर्शकमा यसप्रति तीव्र उत्सुकता र यो फिल्म हेर्ने हतारो रहेको पाइएको छ। पूर्वको विर्तामोडबाट आरम्भ गरिएको टुर कन्सर्ट सोमबार राजधानीको बालाजुमा आएर सम्पन्न भएको छ।

गत चैत २५ मा बिर्तामोडबाट शुरू भएको दाल भात तरकारी टुर कन्सर्टसहित चैत २६ गते दमक, २७ गते इटहरी, २८ गते हेटौंडा, २९ गते चितवन, ३० गते बुटबल, वैशाख १ गते नेपालगन्ज, २ गते दाङ, ४ गते पोखारा र ९ गते काठमाडौंमा आयोजना गरिएको थियो। सबै शहरमा दाल भात तरकारी टुर हेर्न दर्शक भीड लागेपछि भीड नियन्त्रण गर्न प्रहरीलाई समेत कठिन भएको थियो। स्थितिलाई सामान्य गर्न प्रहरीले बुटबल, दाङ र पोखरामा लाठीचार्ज गर्दा आफूहरू निकै दुःखी भई दर्शकस“ग माफी मागेको फिल्मका प्रस्तुतकर्ता किरण केसीले बताए।


सबैजसो टुरमा फिल्मका मुख्य कलाकार हरिवंश आचार्य, किरण केसी, शिवहरि पौडेल, केदार घिमिरे, विल्सन विक्रम राई (तक्मेबुढा), पुष्पल खड्का, आ“चल शर्मा, गायक गायिका रामचन्द्र काफ्ले, जुनु रिजाल काफ्ले, राजन खैरातेलगायत सहभागी भएका थिए। सबै टुरमा हरिवंश र जुनुले दाल भात तरकारीको गीत गाएर दर्शक उफारेका थिए भने गायकगायिका दम्पती रामचन्द्र र जुनुले शत्रु गतेको रुपै मोहनीलगायत गीत गाएर दर्शकलाई नचाएका थिए। हरिवंशले फिल्म र आफ्नो गीत प्रस्तुत गर्दैैै प्रहसन गरेर समेत दर्शकलाई हसाए। अभिनेता तथा प्रस्तुतकर्ता किरण केसीले एउटा गीत र प्रहसन प्रस्तुत गरेका थिए। त्यसै गरी शिवहरि पौडेल र विल्सन विक्रम राईले पनि हरेक शहरमा प्रहसन प्रस्तुत गरे। पुष्प र आ“चलले दाल भात तरकारीको गीतमा नृत्य गरेर दर्शकलाई मनोरञ्जन प्रदान गरे।

कलाकारको समूहले टुरको अन्तिम कार्यक्रमस्वरुप सोमबार राजधानीको बालजुस्थित बिजी मलको प्रांगणमा कार्यक्रम प्रस्तुत गरेका थिए। कार्यक्रममा सन्दीप क्षेत्रीले समेत प्रहसन प्रस्तुत गरेका थिए। त्यसै गरी गायिका मीना निरौला अर्को आकर्षण बन्न पुगेकी थिइन्।
निर्माता किरण केसी पुत्र सुदन केसीको डेब्यु निर्देशनमा बनेको फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, आ“चल शर्मा, निरुता सिंह, पुष्प खड्का, किरण केसी, शिवहरि पौडेल, प्रियंका कार्की, वर्षा राउत, विल्सन विक्रम राई, बसुन्धरा भुसाल, जयनन्द लामालगायतले मुख्य भूमिकामा अभिनय गरेका छन्।