चुपचाप छौ तिमी सार्वजनिक


गीतकार तथा गजलकार सुदन डोटेलद्वारा रचित नया“ गीत गजल एल्बम चुपचाप छौ तिमी राजधानीमा सार्वजनिक गरिएको छ।
संगीतकार शक्ति बल्लभ, राजु सिंह, आनन्द कार्की, सीताराम पोखरेललगायतले एल्बम सार्वजनिक गरेका हुन्। एल्बममा संगृहित गजल गायक आनन्द कार्कीले गाएका छन्। सरोज प्याकुरेलद्वारा संगीतबद्ध गजल मनोहर सुनामले एरेन्ज गरेका हुन्।

समारोहमा गजलको म्युजिक भिडियो पनि सार्वजनिक गरियो। संगीतकार प्याकुरेलकै निर्देश्ँनमा बनेको गजलमा अभिनेता श्रीदेव भट्टराई तथा अभिनेत्री सारिका घिमिरेले अभिनय गरेका छन्। भिडियोमा गायक आनन्द कार्की गजलकारकै रूपमा प्रस्तुत भएका छन्। गजल गायनकै शैलीमा तयार पारिएको उक्त भिडियोमा गीतकार सुदन डोटेलसहित अमुल अर्याल, रमेश भुर्तेल, यमुना अर्याल, मनु डोटेल, विकास प्याकुरेल, भोला पौडेल, राज पाण्डे, हरि अधिकारी, धर्म न्यौपाने, अंकिता अधिकारी, अमित अर्याल, सुधाम्सु डोटेललगायतका कलाकारले अभिनय गरेका छन्। सुरेन्द्र श्रेष्ठले छायांकन गरेको भिडियो सुरेश राउतले सम्पादन गरेका छन्।