हजार जुनीसम्मको गीतमाकविराजको लोभलाग्दो कोरियोग्राफी

0
Shares

हिट सिरिज नाइ“ नभन्नु लका लेखक तथा निर्देशक विकासराज आचार्यद्वारा निर्देशित पछिल्लो फिल्म हजार जुनीसम्मको पहिलो गीत लाग्दैन धूलो गोडैमा एमजी रोडैमा सार्वजनिक भएको छ।

सोमबार राजधानीको दरबारमार्गस्थित क्युज सिनेमा हलमा आयोजित कार्यक्रममा उक्त गीत सार्वजनिक गरिएको हो। नायक सलोन बस्नेत, नवनायक अखिलेस प्रधान र स्वस्तिमा खड्काको नृत्य रहेको गीतमा रानजराज शिवाकोटीको शब्द संगीत र राजनराजको साथमा मेलिना राईको स्वर रहेको छ। सिकिम्मको एमजी (महात्मा गान्धी) रोडसहित रमणीयस्थलमा खिचिएको गीतलाई कविराज गहतराजको कोरियोग्राफीले मनोरञ्जक र लोभलाग्दो बनाएको छ। करिब २ सयभन्दा बढी कोरस कलाकारलाई लिएर छायांकन गरिएको गीतमा विभिन्न भेषभूषाको प्रयोग गरिएको छ।
विकासराज आचार्य र सामीप्यराज तिमिल्सिनाको पटकथा तथा संवाद रहेको फिल्ममा आर्यन सिग्देल, सलोन बस्नेत, अखिलेस प्रधान, प्रियंका कार्की, स्वस्तिमा खड्का, सञ्चिता लुइ“टेल, अनुभव रेग्मी र अखिलस प्रधानलगायतका कलाकारको मुख्य भूमिका रहेको छ।
निर्देशक विकासराज आचार्यले गीतलाई बिना सम्झौता निर्माण गर्ने प्रयास गर्नुका साथै आफ्ना अघिल्ला फिल्मझैं यो गीतमा पनि उत्तिकै मेहनत गरिएको बताए। ‘नाइ“ नभन्नु ल सिरिजबाट बाहिर आएर काम गरेको छु।

आशा छ उही माया पाउ“छु र विश्वास घट्न दिएको छैन भन्ने भरासा दिलाउन चाहन्छुु’ –निर्देशक आचार्यले भने। नायक सलोन बस्नेतले मौसमलगायत विभिन्न अड्चनलाई पार गर्दै गीतको सुटिङ गरेको बताए। ‘गीतमा मैले, स्वस्तिमा र अखिलेसले उत्तिकै मेहनत गरेका छौं। विकास सरस“ग काम गर्ने मेरो इच्छा यसमा आएर पूरा भएको छ’ –सलोनको भनाइ थियो। नायिका स्वस्तिमा खड्काले गीतको सुटिङका क्रममा कठिन भए पनि गीत पर्दामा देख्दा खुसी लागेको बताइन्। ‘विदेशमा सुटिङ भएका कारण हामीलाई बढी प्रेसर पनि थियो। त्यसैले विकास दाइले कराउनु पनि हुन्थ्यो र सुटिङको क्रममा म रोए“ पनि’ –स्वस्तिमाले सुनाइन्। नवनायक अखिलेस प्रधानले आफूले फिल्ममा अभिनय गर्दा निकै रमाइलो अनुभव भएको तथा टिम सहयोगी र पारिवारिक वातावरणमा काम गर्दा खुसी लागेको बताए। नायक आर्यन सिग्देलले गीतको साथै फिल्म पनि अब्बल भएकाले दर्शकले मन पराउनेमा आफू विश्वस्त रहेको बताए।

नायिका प्रियंका कार्कीले फिल्ममा काम गर्दा आफूलाई निकै रमाइलो लागेको बताइन्। ‘गीतको सबै किसिमले राम्र“े बनेको छ भने फिल्मको कथा पनि राम्र“े छ। विकास दाइमा फिल्मको कथालाई मार्मिक ढंगले प्रस्तुत गर्ने शैली एकदमै राम्र“े छ’ –उनले भनिन्। फिल्मकी कलाकार रहेकी दीपाश्री निरौलाले विकासराज आचार्यको काम गर्ने शैली राम्रो रहेकाले फिल्म पनि राम्र“े बनेको बताइन्। अभिनेता शिवहरि पौडेलले आफूलाई विकासराज आचार्यस“ग लामो समयदेखि काम गर्ने रहर भए पनि दसौं फिल्ममा आएर रहर पूरा भएकामा खुसी लागेको बताए।

लेखक सामीप्यराज तिमिल्सिनाले प्रस्तुत गीतजस्तै फिल्म हजार जुनीसम्ममा करिब ६÷७ वटा गीत रहने बताए। संगीतकार तथा गायक राजनराज शिवाकोटीले आफू एक अवार्ड समारोहमा सहभागी हुन सिक्किम जा“दा त्यहा“को सुन्दरता देखेर गीत बनाउन पाए हुने भन्ने सोचेको र त्यो सोच हजार जुनीसम्म आएर पूरा भएको बताए। ‘फिल्मबाट अफर पनि आयो र मैले भोलिपल्ट नै तयार गरें। गीतअनुसार भिडियो पनि सुन्दर बनेको छ’ –उनले भने। संगीतकार वसन्त सापकोटाले फिल्मका अन्य धेरै गीत आउन बा“की नै रहेको बताए।

कोरियोग्राफर कविराज गहतराजले गीत राम्र“े भएकाले गीतअनुसारको भिडियो बनाउनु पनि आफ्ना लागि चुनौती रहेको बताए। ‘गीतका दुई सयभन्दा बढी कोरस कलाकारलाई व्यस्थापन गर्नु चुनौती थियो। त्यो दुःख सम्झ“दा त अहिले पनि तनाव हुन्छ’ –उनले भने। कविता रेग्मी कार्यकारी निर्माता रहेको फिल्ममा उदय सोताङ, राजनराज सिवाकोटी, वसन्त सापकोटा र प्रवीण पौडेलको संगीत रहेको छ। फिल्ममा पुरुषोतम प्रधानको छायांकन र अर्जुन जिसीको सम्पादन छ।