पार्टी एकताको फलामे ढोका फोर्दियौँः प्रचण्ड


एक वर्षभित्र महाधिवेशन

नेपाल समाचारपत्र, काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता विभिन्न अफ्ठ्यारा झेल्दै अन्तिम अवस्थामा आएको बताएका छन्।

सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानमा नेकपाको स्थापनाको ७० औँ वार्षिकोत्सवका अवसरका आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकताका सबै बाधा र अफ्ठ्यारा अन्त्य गर्दै जिल्ला तहसम्मको एकता टुंग्याएको बताएका छन्।

‘अन्तिम फलामे ढोका हामीले फोरिदिएका छौं’ उनले भने ‘यो फलामे ढोकाजस्तै थियो । किनकी गाँठो हाम्रो त्यहीँनिर परेको थियो, मुख्य गाँठो फुकेपछि अरु गाँठो सजिलै फुक्नेछ । केही ढिलो भएकोमा क्षमा माग्दै हामीले मिसन पुरा गर्न सक्षम बनेका छौं ।’

अध्यक्ष प्रचण्डले पार्टी एकता विचारको जगमा टेकेर भएको र यसको अबको यात्रा समाजतिरको हुने बताए।यस्तै उनले पार्टी एकता आजैबाट टुंगोमा पुग्ने र अब एक दिन पनि ढिला नगरी जनतामा जाने बताए।