रामेछापमा तारा एयरको विमान दुर्घटना

0
Shares

काठमाडौं । रामेछापमा विमान दुर्घटना भएको छ । रामेछापको मन्थली विमानस्थलमा तारा एयरको विमान दुर्घटना भएको हो ।

काठमाडाैंबाट ९ः३५ मा रामेछापकाे लागि उडेकाे 9NAKK कल साइनकाे विमान अवतरणकाे क्रममा धावन मार्गबाट चिप्लिएर घाँसेमैदानमा पुगेकाे छ ।

दुर्घटनाबाट मानवीय क्षति नभएकाे भएको हाम्रा संवाददाता सुमित श्रेष्ठले जानकारी दिनुभयो ।

घटनाको थप विवरण आउन बाँकी छ ।