धादिङमा बस दुर्घटना, २ जनाको घटनास्थलमै मृत्यु, २५ जना घाइते


नेपाल समाचारपत्र, काठमाडौं ।
काठमाडौंबाट मनकामना जाँदै गरेको बस धादिङमा दुर्घटना भएको छ । बा४ख १४१५ नम्बरको बस बेनिघाट रोराङ गाउँपालिका–३ स्थित सलाङकोटमा दुर्घटना भएको हो ।

दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २५ जना घाइते भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

उनीहरुको उद्धार गरी उपचारको लागि काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ । बस घुम्तिबाट २५ मिटर तल खसेको र कति यात्रु थिए भन्ने एकिन नभएको प्रहरीले बताएको छ ।