बाग्लुङमा जीप दुर्घटना: १३ जना घाइते

0
Shares

बाग्लुङ । बाग्लुङको बडिगाड गाउँपालिका २ क्षेत्रेमा जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।

निसिखोला गाउँपालिका वडा नं। ४ झिवाखोलावाट वुटवलको लागि छुटेको ग १ ज ७०७२ नम्बरको नम्बरको जीप मध्यपहाडी लोकमार्ग छेउको विद्युत पोलमा ठोक्किएर दुर्घटना भएको हो ।

निसिखोला घर भइ हाल वुटवल वस्ने उषा शाही, निसिखोला ४ का  शोभा चन्द र चन्द्रलाल शर्माको अवस्था गम्भीर रहेको प्रहरी चौकी खर्वाङका प्रमुख प्रहरीले जनाएको छ । घाइतेहरुको खर्वाङमा प्राथमिक उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको छ ।