राजपा नेपालका केन्द्रीय सदस्यहरू किर्तेमा सकृय

0
Shares

सप्तरी । पूर्वसभासद् तथा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका केन्द्रीय सदस्य छिन्नमस्ता गाउँपालिका– २ मोहनपुर निवासी वीपी यादव सरकारी छाप किर्ते अभियोगमा पक्राउ परेका छन् । यादव पहिलो संविधानसभामा मधेशी जनअधिकार फोरम नेपालका तर्फबाट समानुपातिक सभासद् थिए ।

यादवसँगै सप्तरीकै राजगढ गाउँपालिका – ३ नर्घो निवासी अर्का केन्द्रीय सदस्य हरि मण्डललाई पक्राउ परेका छन् । यादव र मण्डलसहितको संलग्नतमा अग्निसाईर कृष्णसवरण गाउँपालिकाको लेटर प्याड, प्रमुख प्रशासकीय अधिकृत धीरेन्द्र यादव, २ नम्बर वडाअध्यक्ष पशुपति चौधरी र ३ नम्बर वडा अध्यक्ष अरुणकुमार चौधरीको छाप किर्ते गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयबाट सडकमा माटो तथा ग्राभेल गर्न स्वीकृत योजनाको २५ लाख रुपैयाँ निकाल्न कागज तथा छाप किर्ते गरी उपभोक्ता समिति समेत किर्ते खडा गर्ने गरेका थिए । पक्राउ परेका दुवै जनालाई म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।