प्रधान सम्पादक श्रेष्ठको निधन

0
Shares

काठमाडौ । कामना न्यूज पब्लिकेसन्स प्रालिका संस्थापक अध्यक्ष तथा प्रधान सम्पादक पुष्करलाल श्रेष्ठको ६० बर्षको उमेरमा बुधबार ११ बजेर ४९ मिनेट जादा दुखद निधन भएकोे छ ।

नेपालको आधुनिक पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनु भएका श्रेष्ठको झण्डै चार महिना लामो उपचारको क्रममा बुधबार नर्भिक इन्टरनेशनल अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

चार महिना अघि नाकमा समस्या आएपछि राजधानीको बयोधा अस्पतालमा नाकको र त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा मृगौलाको पथ्थरीको शल्यक्रिया गरिएको थियो । त्यसबेला सम्म उहांको स्वास्थ्य अवस्था सामान्य रहेपनि मृगौलाको पथ्थरीको शल्कृया पछि उहांमा बिभिन्न समसया देखा परेको थियो ।

स्वास्थ स्थितिमा समस्या बढ्दै गएका कारण उहाँलाई थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो । नर्भिक अस्पतालमा केही दिनको उपचारका क्रममा चिकित्सकहरुले उहाँलाई जीवीएस भाइरसको संक्रमण भएको आशंकामा थप उपचारको लागि भारतको हरियाणास्थित मेदान्ता अस्पतालमा भर्ना गरिएको थियो ।

मेदान्ता अस्पतालमा झण्डै ६ हप्ताको उपचार पश्चात उक्त भाइरसको संक्रमणबाट मुक्त गराएर काठमाडौ ल्याइएको थियो । काठमाण्डौ ल्याएपछि केही समय उहांलाई नर्भिक अस्पतालमा नै राखेर उपचार पछि भैसेपाटीस्थित निवासमा लगिएको थियो ।

यसरी उहाँको नियमित उपचार प्रक्रिया चल्दै गर्दा फेरि उहाँमा गम्भीर स्वास्थ्य समस्या देखा परेपछि एक महिना अघि नेपाल मेडिसिटी अस्पताल पु¥याएर सघन उपचार कक्षमा उपचार गरिएको थियो ।

नेपाल मेडिसिटी अस्पतालको सघन उपचार कक्षमा उपचारमा उहाँको उपचार गर्दै गर्दा स्वास्थ्य स्थिति जटिल र स्थिर अवस्थामा नै रहेपछि पहिलेदेखि नै उहाँको उपचारमा संलग्न चिकित्सकसँगको परामर्श र भारतीय चिकित्सकको सुझाव अनुरुप पुनः नर्भिक अस्पतालमा नै राखेर उहाँको उपचार हुँदै आएको थियो ।

बिस २०१७ साल साउनमा बुवा स्वर्गिय भरतलाल श्रेष्ठ र माता जमुनादेवी श्रेष्ठको कोखबाट राजधानीको मुटु अड्कोनारायणस्थनामा जन्मनु भएको स्व श्रेष्ठले २०४१ मंसिर १५ गतेबाट कामना सिने मासिक पत्रिकाको शुरुवात गरी ब्यवसायिक पत्रकारिताको गर्नुभएको थियो । नीजि क्षेत्रबाट पहिलो पटक सिने मासिक पत्रिका शुरु गर्नुभएका श्रेष्ठले नीजि क्षेत्रमा संचार उद्यमको समेत सुरुवात गर्नुभएको थियो ।

नेपाली पत्रकारितालाई मजवुत बनाउने उदेश्यले उहांले त्यसपछि पारिवारिक खुराक साधाना २०४८ र सन्ध्याकालिन महानगर २०४९ संसिर २९ मा प्रकाशन शुरु गर्नुभएका उहांले २०५२ साल पुस २७ गतेबाट राष्ट्रिय दैनिक आजको समाचारपत्रको प्रकाशन आरम्भ गर्नुभएको थियो । दलीय पत्रकारिता भन्दा अलग रहेर पत्रकारिता उद्योगलाई समेत प्रधान सम्पादक श्रेष्ठले अगाडि बढाउनु भएको थियो ।

लामो आरोह अवरोहको सामान गर्नुभएका प्रधान सम्पादक श्रेष्ठको निधनले नेपाली आधुनिक पत्रकारिता क्षेत्रले भिष्मपिताम्ह गुमाएको बिभिन्न क्षेत्रका कार्यरत बरिष्ठ संचारकर्मीहरुले बताएका छन ।

उहां कामना प्रकाशन समूह, नेपाल मिडिया सोसाइटी, इन्टरनेसनल प्रेस इन्सटिच्यूटका संस्थापक अध्यक्ष हुनुहुन्थ्यो । उहांले नेपाल प्रेस इन्सटिच्यूट, सम्पादक समाज नेपाल, नेपाल प्रेस क्लब, नेपाल सार्क जर्नालिस्ट फोरम, आईभीपी आल्मुनाई सोसाईटीको कार्यकारी सदस्यको रुपमा पनि काम गर्नु भएको थियो ।

प्रेस काउन्सील नेपालको सदस्य समेत रहनु भएको थियो । उहांले प्रेस फ्रिडम गार्ड जुरी नेपालमा सहजकर्ताको भूमिका समेत निभाउनु भएको थियो । उहां २०५१सालमा राष्ट्रिय समाचार समिती (रासस)को सञ्चालन समितीको सदस्य हुनुभएको थियो ।

प्रधान सम्पादक स्व श्रेष्ठ साउथ एसिया एडिटर्स फोरम, रिप्रिजेन्टिङ नेपाल जर्नालिस्ट एसोसिएसन, रोटरी क्लब अफ काष्ठमण्डपको सदस्य र नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य पनि हुनुभएको थियो ।

उहांले नेपाल पत्रकार महासंघ, साउथ एसियन फ्रि मिडिया एसोसियसन (साफ्मा), नेपाल टेलिभिजन , नेपाल चलचित्र पत्रकार संघ नथ युवा क्लबमा सल्लाहकारको भूमिका पनि निर्वाहा गर्नु भएको थियो ।

उहांले ले बीर गणेशमान सिंह बाल प्रतिभाले आयोजना गरेको बिर गणेशमान बाल प्रतिभा पुरस्कार, नेपाल चलचित्र संघले आयोजना गरेको पहिलो, दोस्रो र चौथो नेपाली चलचित्र उत्सवको निर्णायक सदस्यको भूमिका निर्वाहा गर्नु भएको थियो । उहाले ए डिभिजनको टीममा राष्ट्रिय खेलाडीको रुपमा पूmटबल समेत खेल्नु भएको थियो । उहांहाले आरसीटी, अन्नपूर्ण क्लब, रत्न राज्य लक्ष्मी क्याम्पस, त्रि–चन्द्र क्याम्पस, बोटलर्स नेपाल, रोयल ड्रग लिमिटेडबाट पनि पूmटबल खेल्नु भएको थियो ।

वाहा प्रबल गोर्खा दक्षिण बाहु (१९९९), त्रिशक्ति पट्ट,श्री ५ को राज्यारोहणको रजत जयन्ती समारोह पुरस्कार (१९९७), बिरेन्द्र ऐश्वर्य सेवा पदक (२००२),राष्ट्रिय व्यक्तित्व पुरस्कारबाट सम्मानित हुनु भएको थियो ।

उहालाई नेपालको व्ववसायीक पत्रकारितामा असाधारण योगदान गरे बापत रिपोर्टस क्लबले २००२ मा सम्मानित गरेएको थियो । उहाले प्रेस काउन्सील पुरस्कार, अभियान श्री (१९९८), नेपाल चलचित्र पुरस्कार (१९९९),डाबर फिल्म पत्रकारिता लाइफ एचिभमेन्ट पुरस्कार (२००३),साधना सम्मान (१९९९) बाट पनि सम्मानित हुनुभएको थियो ।

उहालाई नेपाली चलचित्र उद्योगमा गरेको असाधारण योगदान बापत सयपत्री फिल्म प्राइभेट लिमिटेडबाट सम्मान गरिएको थियो । उहा अभियान विशेष पुरस्कार (१९९६),संगीकार नातिकाजी सम्मान, अन्तर संस्थान पूmटबल प्रतिस्पर्धा (१९८०) मा स्वर्ण पदक, रजत पदक, रेयूकाई सम्मान (२००६) र गत चैत १७ गते रिपोर्टर्स क्लवले प्रधान गरेको गिरिजाप्रसाद कोइराला स्मृती पत्रकारिता पुरस्कारबाट समेत पुरस्कृत हुनु भएको थियो ।

फेरि अर्को पुष्करलाल कहिले जन्मिएलान् ?

नेपाल समाचारपत्रका प्रकाशक तथा प्रधान सम्पादक एवं वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको निधनले नेपाली सञ्चार क्षेत्रमा अपूरणीय क्षति पुगेको भन्दै पत्रकार सम्बद्ध विभिन्न संघ संगठनले श्रेष्ठप्रति हार्दिक श्रदाञ्जली व्यक्त गरेका छन् ।

पत्रकारिताका प्राध्यापक पी खरेलले शोकपुस्तिकामा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै स्वर्गीय श्रेष्ठलाई व्यावसायिक पत्रकारिताका धरोहर र मौलिक संस्कार भित्र्याउन अहम् भूमिका निर्वाह गर्नुभएको व्यक्तित्वका रुपमा चित्रण गर्नुभएको छ । पुुस्तिकामा भनिएको छ– ‘उहाँले कोरेको पदचिन्हमा भावी पुस्ताले प्रेरणा लिने नै छ भन्ने विश्वास गर्दछु ।’

भूगोलपार्कस्थित उहाँको पार्थिव शरीर राखिएको स्थानमा उपस्थित हुनुभएका नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले वरिष्ठ पत्रकार श्रेष्ठको निधनले नेपाली पत्रकारिता एक सशक्त अभिभावक गुमाएको बताउनुभयो ।
पत्रकारिताको धरोहरका रुपमा रहनुभएका श्रेष्ठको निधनले पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख गर्दै नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष दण्ड गुरुङले शोकपुस्तिका लेख्नुभएको छ– ‘श्रेष्ठको निधनले नेपालका आदिवासी जनजाति पत्रकारहरुले एक असल अभिभावक गुमाएको छ ।’

स्वर्गीय श्रेष्ठ पत्रकारिता क्षेत्रमा आजीवन समर्पित सबैका लागि अनुकरणीय व्यक्तित्व रहेका जनाउँदै नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले शोकपुस्तिकामा लेख्नुभएको छ– ‘सञ्चार क्षेत्रमा सबै भाषाभाषी, संस्कृति र तिनको मूल्यलाई शुरुदेखि समेट्ने पत्रकारिताका अगुवाको निधनले मर्माहत भएका छौं ।’

त्यसै गरी मिडिया प्वाइटको तर्फबाट श्रीरामसिंह बस्नेत र अर्जुन विष्टले शोकपुस्तिकामा हस्ताक्षर गर्दै भन्नुभएको छ– ‘नेपाली पत्रकारिता जगत्मा फेरि अर्को पुष्करलाल कहिले जन्मिएला ?’ राससका पूर्व बोर्ड सदस्यसमेत रहनुभएका स्वर्गीय श्रेष्ठलाई राससका विष्णु नेपाले शोकपुस्तिकामा यसरी सम्झिनुभयो– ‘स्वर्गीय श्रेष्ठ सन्तुलित पत्रकारिताका अग्रज हुनुहुन्छ ।’

स्वर्गीय श्रेष्ठलाई चलचित्र पत्रकारिता क्षेत्रको भीष्म पितामहका रुपमा लिँदै सिने पत्रकारितामा उहाँको अभाव सधैं खट्किरहने वरिष्ठ सिने पत्रकार विजयरत्नले शोकपुस्तिकामा लेख्नुभएको छ ।

स्वर्गीय श्रेष्ठप्रति अन्तिम संस्कारका लागि पशुपति आर्यघाट पुग्नुभएका मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कँडेल, पूर्वअध्यक्ष कैलाश शिरोहिया, विभिन्न राष्ट्रिय दैनिकका प्रकाशक, सम्पादक, सञ्चारकर्मी, पत्रकारिताका अध्यापक, फोटो पत्रकारले एक निष्ठावान्, कर्मठ पत्रकार गुमाएको भन्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

त्यसै गरी स्वदेश तथा विदेशमा रहेका सञ्चार क्षेत्रमा आबद्ध पत्रकारहरुको श्रेष्ठको निधनप्रति गहिरो समवेदना प्रकट गरेका छन् । उनीहरुले पत्रकारिता क्षेत्रको एक असल अभिभावक गुमाएको चर्चा गरेका छन् । स्वास्थ्य पत्रकार मञ्चले एक विज्ञप्ति जारी गरी राष्ट्रले व्यावसायिक पत्रकारिता जगत् एक धरोहर गुमाएको उल्लेख गरेको छ ।

अस्ताए पत्रकारिताका धरोहर
नेपाल पत्रकार महासंघ कामना प्रतिष्ठानले बुधबार एक विज्ञप्ति प्रकाशित गरी स्वर्गीय श्रेष्ठको निधनले सिंगो पत्रकारिताको धरोहर ढलेको उल्लेख गरेको छ ।
प्रतिष्ठानका कार्यवाहक अध्यक्ष राजु श्रेष्ठ र सचिव यदुप्रसाद भट्टले संयुक्त रुपमा हस्ताक्षर गरिएको सो विज्ञप्तिमा साढे ३ दशकभन्दा लामो सक्रिय पत्रकारितामा संलग्न स्वर्गीय श्रेष्ठ आधुनिक पत्रकारिताका आधार स्तम्भमध्येका एक रहनुभएको बताएको छ ।

नेपालमा व्यावसायिक पत्रकारिताको श्रीवृद्धिका निम्ति स्वर्गीय श्रेष्ठको योगदान स्मरणीय गर्दै सो विज्ञप्तिमा भनिएको छ– ‘जीवनको अन्तिम घडीसम्म पनि सक्रिय पत्रकारितामा संलग्न श्रेष्ठले सिकाएको सकारात्मक सोच, व्यावसायिक इमानदारिता र समानता आम पत्रकारका निम्ति मार्गदर्शन हुनेछ भन्ने हामीलाई लागेको छ ।’

कामना न्यूज पब्लिकेसन्स् तथा पत्रकारिताका अन्य शैक्षिक संस्थामार्फत आधुनिक पत्रकारितामा दक्ष र व्यावसायिक पत्रकार उत्पादनका लागि उहाँले निर्वाह गरेको भूमिका यतिखेर सिंगो पत्रकारिता जगत्ले सदैव सम्झिने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साढे ५ महिनासम्म उहाँको स्वास्थ्योपचारका निम्ति अथक् प्रयास गर्ने चिकित्सक, चिकित्सालय तथा परिवारजनप्रति यस प्रतिष्ठान कृतज्ञता प्रकट गर्दै यस शोकाकूल घडीमा परिवारजन तथा शुभचिन्तकमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भनी पनि विज्ञप्तिमा भनिएको छ ।

प्रमद्वारा दुःख व्यक्त

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपाल समाचारपत्र’ दैनिकका प्रधानसम्पादक वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले श्रेष्ठको निधनको खबर पाउँदा आफूलाई दुःख लागेको उल्लेख गर्दै दुःखको यस घडीमा दिवंगत श्रेष्ठप्रति श्रद्धा–सुमन अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

श्रेष्ठको ६० वर्षको उमेरमा बुधबार बिहान ११ बजेर ४९ निधन भएको हो । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि भएको छ । सन् १९५९ अगस्तमा जन्मनु भएका श्रेष्ठ कामना पब्लिकेशन्स र नेपाल मिडिया सोसाइटीका संस्थापक अध्यक्ष हुनुहुन्थ्यो ।

राष्ट्रिय समाचार समिति (रासस) का सञ्चालक समितिका सदस्य, न्यूनतम पारिश्रमिक निर्धारण समिति, नेपाल प्रेस इन्स्टिच्युट, सम्पादक समाज नेपाल, नेपाल प्रेस क्लब, प्रेस काउन्सिल नेपालमा कार्यकारी सदस्यका रुपमा समेत योगदान दिनुभएको थियो ।