ज्येष्ठ नागरिक स्वास्थ्य बीमा र बैंक खाता अभियान शुरु

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
सरकारले ज्येष्ठ नागरिक स्वास्थ्य बीमा र सबै नेपालीका लागि बैंक खाता अभियानको शुरुवात गरेको छ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले सय वर्षीया जमुना गुरुङलगायत ५५ जना ज्येष्ठ नागरिकलाई स्वास्थ्य बीमाको प्रमाणपत्र हस्तान्तरण गर्दै अभियानको शुरुवात गर्नुभयो ।

‘समृद्धिस“ग जोडांै नाता सबै नेपालीको बैंक खाता’ योजनाअन्र्तगत प्रधानमन्त्री ओलीका बुबा बुवा मोहनप्रसाद ओली, सासू धनमाया शाक्यका नाममा खाता खोलेर अभियानको शुरुवात गरिएको छ । शून्य मौज्दातको यस योजनाअन्र्तगत खाता खोल्दा नेपाल राष्ट्र बैंकले सय रुपिया“ थपिदिन्छ । यसमा वार्षिक एक लाख रुपिया“सम्मको कारोबार गर्न मिल्ने बताइएको छ । हालसम्म सबै बैंक तथा वित्तीय संस्थामा गरी २ करोड ५६ लाख ५८ हजार ३८७ वटा खाता खुलेका छन् । हाल मुलुकका ७५३ स्थानीय तहमध्ये ७१३ तहमा संस्थागत वित्तीय पहु“च पुगेको छ ।

यस अभियानअन्तर्गत राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, प्रभु बैंक, प्राइम बैंक, बैंक अफ काठमाडौं, सेन्चुरी बैंक, सिटिजन्स बैंक, सिभिल बैंक, एभरेष्ट बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, जनता बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, माछापुच्छ्रे« बैंक, मेगा बैंक, नबिल बैंक, एनसीसी बैंक, नेपाल बंगलादेश बैंक, नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल एसबीआई, एनआईसी एसिया, एनएमबी, सानिमा बैंक, सिद्धार्थ बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र सन्राइज बैंकका मुलुकभरका शाखामा खाता खोल्न सकिने व्यवस्था गरिएको छ। यसरी खाता खोल्दा सामान्य परिचय खुल्ने कागजपत्र पेश गरेको पनि हुन्छ । अन्य बैंक खातामा जस्तो ग्राहकको परिचय (केवाईसी)मा कडाइ गरिएको छैन ।

त्यस्तै ज्येष्ठ नागरिकका लागि एक लाखसम्मको स्वास्थ्य बीमा गरिएको छ । सो बीमाको नेपाल सरकारले प्रिमियम तिर्नेछ । सरकारले चालू आर्थिक वर्षको बजेटमा समावेश कार्यक्रम अनुसार यो अभियान सञ्चालनमा ल्याएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नेपाल राष्ट्र बैंक, स्वास्थ्य बीमा बोर्ड र नेपाल बैंकर्स एसोसिएसनको सहकार्यक्रमा अभियान अगाडि बढाइएको छ । आइतबार अभियान शुरुवात गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेटमा वृद्ध भत्ता बढ्ने दाबी गर्नुभयो । वृद्ध भत्ताको कुराले वृद्धवृद्धाहरुमा मनोवैज्ञानिक प्रभाव पार्ने भन्दै बजेटमा भत्ता बढाउने बताउनुभयो । उहा“ले अब कसैले मागेर खानुपर्ने, भोकै नांगै बस्नुपर्ने अवस्था नआउने बताउनुभयो ।

उक्त कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले स्वास्थ्य बीमा कार्यक्रमले गरिबीबाट मुक्त हुन महत्वपूर्ण सहयोग गर्ने बताउनुभयो । वित्तीय सुरक्षाका लागि बैंक खाता अनिवार्य भएको उल्लेख गर्दै बैंकले खातामा राखिदिने सय रुपिया“मात्रै होइन आफूले पनि खातामा पैसा राख्न आग्रह गर्नुभयो ।