विश्वकै ठूलो विमानको परीक्षण उडान

0
Shares

काठमाडौं (एजेन्सीहरु)
पखेटाको आकारलाई आधार मान्दा विश्वकै ठूलो विमानले पहिलो उडान भरेको छ । माइक्रोसफ्टका दिंवगत सहसंस्थापक पाउल अलेनले २०११ म स्थापना गरेको कम्पनी स्ट्राटोलन्चले निर्माण गरेको सो विमानले भू–उपग्रहका लागि फ्लाइङ लन्चप्याडको रुपमा भूमिका निर्वाह गर्छ ।

भू–उपग्रहलाई कक्षमा छोड्नुपूर्व विमान १० किलोमिटरसम्म उड्ने अवधारणा बनाइएको छ ।यसको ३८५ फिट लामो पखेटा एउटा अमेरिकी फुटबल मैदान बराबरको रहेको छ ।

यदी यो योजना सफल भएमा यस किसिमको परियोजनाले वस्तुलाई जमिनबाट अन्तरिक्षमा रकेट प्रक्षेपण गर्नु भन्दा सस्तो पर्न जान्छ ।
पहिलो उडानमा ६ इन्जिन भएको यो विमान १५ हजार फिटसम्म उडेको थियो र विमानले २७४ किलोमिटर प्रतिघन्टाको गतिमा उडान भरेको थियो ।
‘अनुभव अविश्मरणीय रह्यो र विमानले अपेक्षा अनुसारनै उडान भ¥यो,’ विमानका पाइलट इभान थोमसले भने ।

विभिन्न समाचार एजेन्सीहरुका अनुसार स्ट्राटोलन्चले आजको व्यायवसायिक विमानले उडान भरेभैm कक्षमा तालिका अनुसार पह“च पु¥याउने लक्ष्य लिएको छ ।

बेलायती अर्बपति रिचार्ड ब्रान्सनको कम्पनी भर्जिन गालक्टिकले रकेटलाई कक्षमा लैजाने विमानको विकास गरेको थियो ।स्ट्राटोलन्चले यो जहाजलाई विश्वकै ठूलो विमान भएको जनाएको छ ।