सर्लाहीमा बस पल्टिँदा तीन जनाको घटनास्थलमै मृत्यु, ३१ घाइते

0
Shares

सर्लाही । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१, बगवानी जंगलमा आज बिहान बस पल्टिँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने३१ जना घाइते भएका छन्।

काठमाडौंबाट पूर्वतर्फ जाँदै गरेको बा३ख १३१८ नम्बरको बस पल्टिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

जोशी हाइड्रोपावर सिन्धुपाल्चोकमा काम गर्ने मजदुरहरुले रिजर्भ गरेर भ्रमणमा निस्केको बस पल्टिएको हो।

दुर्घटनामा सुनसरी र मोरङ जिल्लाका अनिल उराउ, बबी उराउ र श्रीमान्त चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ।

दुर्घटनामा ‍घाइते भएका ३१ जनामध्ये ४ जनाको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि विराटनगरतर्फ लगिएको छ।

सामान्य घाइतेहरुको लालबन्दीका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको थप विवरण आउन बाँकी छ।