प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने

0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (आइतवार) राष्ट्रको नाममा सम्बोधन गर्नुहुने भएको छ । नयाँ बर्ष २०७६ को अवसरमा प्रधानमन्त्री निवास वालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नुभएको हो ।

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले बिहान ७ बजे प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो । केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको १४ महिना पुगेको छ ।

सरकार गठन भएको एक बर्ष पुगेको अवसरमा गत फागुन ३ गते पनि प्रधानमन्त्री ओलीले सिंहदरवारबाट राष्ट्रको नाममा सम्बोधन गर्दै एक बर्षको अवधिमा गरेका कामको जानकारी गराउनुभएको थियो ।