प्रहरी महानिरीक्षक खनाल स्वदेश फिर्ता

0
Shares

काठमाडौँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल इन्टरपोलको १५ औँ सम्मेलनमा भाग लिएर चैत २९ गते  साँझ स्वदेश फर्किएका छन्  ।  इन्टरपोलको नेशनल सेन्ट्रल ब्यूरो (एनसिबी) नेपालका प्रमुखसमेत रहेका महानिरीक्षक खनाल यही चैत २६ देखि २८ गतेसम्म फ्रान्समा सञ्चालन हुने सम्मेलनमा सहभागी हुन चैत २१ गते  त्यसतर्फ प्रस्थान गरेका थिए  ।

सम्मेलनमा एनसिबीको कार्यशैलीमा थप प्रभावकारिता ल्याउन अन्तरराष्ट्रिय क्षेत्रमा विकसित विभिन्न नवीन प्रविधि र अपराध नियन्त्रण तथा सुरक्षासम्बन्धी नयाँ रणनीतिबारे छलफल भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।