निगमको उडान रद्द घटनामा ६ कर्मचारीलाई कारबाही सिफारिस

0
Shares

काठमाडौँ । नेपाल वायु सेवा निगमको उडान रद्द भएको घटनामा ६ कर्मचारीलाई कारबाही गर्न सिफारिस गरेको छ ।

उडान रद्द हुँदा ड्युटीमा रहेका नेपाल नागरिक उड्ययन प्राधिकरणका दुई जना कर्मचारी, नेपाल वायु सेवा निगमका दुई जना पदाधिकारी र विमानस्थलमै कार्यरत निगमका अन्य दुई जनालाई कारबाहीको सिफारिस गरेको हो ।

समितिले शुक्रबार पर्यटन मन्त्रालयमा बुझाएको प्रतिवेदनमाका अनुसार ‘उडान रद्द हुनुमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टावरमा उक्त समयमा ड्युटीमा रहेका नेपाल नागरिक उड्ययन प्राधिकरणका दुई जना जिम्मेवार कर्मचारीले प्रभावकारी समन्वय नगरेको देखिएकाले विभागीय कारबाही गर्न सिफारिस गरेको छ ।’

त्यस्तै उडान रद्द भइसकेपछि यात्रुहरुको उचित व्यवस्थापनमा तत्काल उपयुक्र कदम नचाल्ने नेपाल वायुसेवा निगमको विमानस्थलस्थित दुई कर्मचारीलाई पनि कारबाही गर्न समितिले सिफारिस गरेको छ ।

गत चैत १२ गते राति सवा ९ बजे तय भएको नेपाल वायु सेवा निगमको काठमाडौंबाट दुबईतर्फ जाने उडान निर्धारित समयमा उड्न नसकी रद्द भएको थियो । उडान रद्द हुँदा यात्रुहरु रातभरी जहाजमै बस्न बाध्य भएका थिए ।