राजपा नेपालद्वारा वीरगञ्जमा प्रदर्शन

0
Shares

विरगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले शुक्रबार वीरगञ्जमा प्रदर्शन गरेको छ ।

राष्ट्रिय जनता पार्टी नेपाल जिल्ला कार्य समिति पर्साको आह्वानमा वीरगञ्जमा प्रदर्शन गरिएको हो । वीरगञ्जको घण्टाघरबाट शुरु भएको प्रदर्शन माइस्थान, आदर्शनगर हुँदै पूनः घण्टाघरमा आएर कोण सभामा परिणत भएको थियो ।

जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता प्रदान गर्नुपर्ने, संविधान संशोधनको माग पूरा गर्नुपर्ने, प्रदर्शनकारीले लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर, रेशम चौधरीलगायत आन्दोलनकारीलाई तत्काल रिहा गर, आन्दोलनकारी माथिको मुद्धा फिर्ता गर, भ्रष्टाचारी, कालोबजारी, महंगी, अन्त्य गर जस्ता मागहरु राख्दै प्रदर्शन गरिएको हो ।