अन्तराष्ट्रिय मिडिया सम्मेलनमा ठुलो जमात


नेपाल समाचारपत्र, काठमाडौं ।
काठमाडौंंको भृकुटिमण्डपमा सञ्चालन भैरहेको “मिडिया, कम्युनिकेसन र एडभर्टाईजिङ एक्स्पो – २०१९“ तथा ‘अन्तराष्ट्रिय मिडिया सम्मेलन’ मा ठुलो जमात देखिएको छ । नेपाल सरकार सुचना तथा संचार मन्त्रालय, नेपाल पत्रकार महासंघ, नेपाल केबल टेलिभिजन महासंघ, नेपाल बिज्ञापन महासंघ, सामुदायिक रेडियो प्रसारक संघ नेपाल, ब्रोडकाष्टिङ एसोसियसिन नेपाल, एफएनसिसिआई, सिएनआई, नेपाल केबुल टेलिभिजन व्यावसायि महासंघ, नेपाल अनलाईन न्युज एसोसियसिन, काठ्माण्डौ फोटोग्राफर संघ तथा सिईवो क्लबको सहकार्यमा सञ्चालन भएको हो ।

नेपालमा सुचना–संचार, बिज्ञान–प्रबिधि, आमसंचार–दुरसंचार, प्रकाशन–प्रसारण, छापाखाना, मनोरंजन, बिध्यतिय प्रणालि आदिको समुचित प्रयोग–उपयोग–बिकास गर्दै बिस्व मानचीत्रमा नेपाललाई स्थापित गराउने र देशमा सुशासन, गरिबि न्युनिकरण, आत्मानिर्भरता, पारदर्शीता, लगाएत सामाजिक तथा आर्थिक रुपान्तरण संगै दिगो विकासका लक्ष्य प्राप्त गर्ने नेपाल सरकारको चाहाना एवं प्रयास रहेको बताइएको छ । मिडिया, कम्युनिकेसन र एडभर्टाईजिङ एक्स्पो–२०१९ ले नेपाल सरकारले लिएको लक्ष्य प्राप्तिका लागि एक कोसे ढुङ्गा साबित हुनुका साथै समग्र आमसंचार, दुरसंचार, सुचना, प्रबिधि क्षेत्रकै विकासको निम्ति एक फड्को मारेको महशुस गरिएको छ ।

मिडिया प्रदशनी तथा सम्मेलनले साना, मध्यम तथा ठुला लगानिका सरकारि, गैरसरकारि तथा निजि लगानिबाट संचालित–प्रसारित–प्रकासित सबै किसिमका सुचना–संचार–प्रबिधि सम्बन्धि कम्पनिहरु, संघसंस्थाहरु र ति संघसंस्थाहरुसंग आबद्ध–सम्बद्ध सरोकारवालाहरु तथा निकायहरु, लगानिकर्ताहरु, प्रयोग–उपयोगकर्ताहरु, नितिनिर्माताहरु, नियमन–नियमक व्यक्ति तथा संघसंस्थाहरु, उत्पादन तथा खरिद–बिक्रि कर्ताहरुबिच व्यावसायिक जमघट तथा भेटघाटको सु–अवसर प्रदान गरेको पाइएको छ ।

अन्तराष्ट्रिय मिडिया सम्मेलनः मिडिया, कम्युनिकेसन र एडभर्टाईजिङ एक्स्पो–२०१९ हुदै गर्दा सामानन्तर रुपमा अन्तराष्ट्रिय मिडिया सम्मेलन पनि आयोजना पनि सञ्चालन गरिएको छ । यस कार्यक्रममा ४५ भन्दा बढी मिडिया बिज्ञहरु, सरोकारवालाहरु, मिडिया क्षेत्रमा लगानि गरेका लगानिकर्ताहरुले बिभिन्न कार्यपत्रहरु प्रस्तुत गरिनुका साथै बिभिन्न बिषयहरुमा छलफल पनि गरिएको छ ।