जनकपुर बीउ बिजन प्रयोगशालाका अधिकृत ४० हजार घुससहित समातिए


नेपाल समाचारपत्र , धनुषा ।
अख्तियारले राईजोवियम तथा घाँसेबारी बीउ बिजन प्रयोगशाला, जनकपुरधाममा कार्यरत बरिष्ठ पशु विकास अधिकृत डा. राम गुलाम यादव र पशु सेवा प्राविधिक जागेश्वर चौधरीलाई ४० हजार घुससहित पक्राउ गरेको छ ।

उनीहरुले सेवाग्राहीसँग निमार्ण सम्पन्न भइसकेको कार्यको भुक्तानी आदेश बापत विभिन्न बहाना बनाई घुस माग्ने गरेको पाइएपछि उनीहरुलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बार्दिवास महोत्तरीबाट खटिएको टोलीले उनीहरुले सेवाग्राहीलाई विभिन्न बाहाना बनाई अन्नयोलमा पारी घुस लिने गरेको सूचना पाएपछि छापा मारेको थियो ।

अख्तियारले उनीहरुलाई नियन्त्रणमा लिई विशेष अदालत काठमाडौंमा जरिवाना र कैदको माग गर्दै आरोपत्र दायर गरेको जनाएको छ ।