थपलियाविरुद्ध ६ वटा उजुरी


नेपाल समाचारपत्र, काठमाडौं ।

निर्वाचन आयोगको प्रमुख आयुक्तमा सिफारिस गरिएका दिनेश थपलियामाथि ६ वटा उजुरी परेका छन् । थपलियाविरुद्ध उजुरी दिनका लागि शुक्रबारसम्मको म्याद दिइएको थियो । यसका लागि गोरखापत्र दैनिकमा चैत्र २० गते सूचना जारी गरिएको थियो ।

उनीसहित विष्णु थपलिया सँगै समावेसी आयोगकी सदस्य विष्णुमाया ओझा विरुद्ध पनि उजुरी आवह्न गरिएको थियो । उहाँ विरुद्ध कुनै पनि उजुरी नपरेको संघिय संसद सचिवालयका केशव अर्यालले जानकारी दिनुभयो ।

यस्तै सर्वोच्च अदालतका प्रस्तावित पाच न्यायधिस र प्रक्रीया विरुद्ध उजुरी समय सोमबारसम्म छ । हालसम्म तिनवटा उजुरी परेका छन् । अर्यालका अनुसार आगामी बैशाख ३ गते संसदीय सूनुवाई समितिको बैठक बसेर उजुरी खोल्ने र
समिति सदस्यलाई वितरण गरिनेछ ।

संवैधानीक परिषद्को चैत ११ बजेको बैठकले उनीहरुलाई न्यायाधिसको लागि प्रस्ताव गरेको थियो ।