खाडीचौर बजारमा आगलागी, लाखौंको सामान खरानीमा परिणत


नानीराम नेपाल, सिन्धुपाल्चोक ।
ब्लेफी गाउँपालिका ७ स्थित खाडीचैर बजारमा आगलागी हुँदा लाखौंको सामान नष्ट भएको छ । खाडीचौर बजारस्थित सुनकोसी अटो वर्कशपमा दिउँसो ४ः३० बजे अचानक आगलागी हुँदा वर्कसभित्र रहेका ३ वटा मोटरसाईकल र अन्य मोटरसाईकलका पाटपूर्जाहरु खरानीमा परिणत भएका छन् ।

वर्कसपसँगै रहेको फेन्सी पसल पनि आगलागीबाट नष्ट भएको छ ।

वर्कसपभित्र मोटरसाईकल मर्मतको काम गरिरहँदा एक्कासी छानोबाट आगोको झिल्का आएको वर्कसपका सञ्चालक राजकुमार श्रेष्ठले बताए । ‘बाईक मर्मत गरिरहेका थियौं , छानोबाट आगो खसेजस्तो देखेँ, उनले भने ‘बाईक मर्मत गरिरहेका थियौं , छानोबाट आगो खसेजस्तो देखेँ, उनले भने ‘हेर्दाहेर्दै राँको उठ्यो, छिनमै पसल खरानी भयो ।’

आगलागी हुँदा स्थानीय नविन लामाको फेन्सी पसलमा रहेका टीसर्ट पाइन्ट, जुत्ता लगायतका दश लाख बराबरका सामान नष्ट भएको छ । स्थानीयवासी र शसस्त्र प्रहरीको टोलीले आगलागी नियन्त्रणमा लिएको छ ।