कांग्रेसको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा ३८ सदस्य नियुक्त


रामकृष्ण चापागाईं, काठमाडौं ।
नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रिय नीति तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र नीधिले प्रतिष्ठानमा ३८ जना सदस्य नियुक्त गर्नुभएको छ । पार्टी भित्र अन्य विषयगत विभिन्न विभागहरु हुदाहुदै पनि विभागहरुको हैसियत भन्दा माथि राखेर गठन गरएको केन्द्रिय नीति तथा प्रशिक्षण प्रतिष्ठान केहि समय अघि मात्र गठन भएको हो ।

काग्रेस भित्र केन्द्रिय नीति तथा प्रशिक्षण प्रतिष्ठान महत्वपुर्ण भएकै कारण यसलाई अन्य विभागहरुको हैसियत भन्दा माथि राखिएको हो । विभागहरुमा केन्द्रिय सदस्य प्रमुख रहने व्यवस्था छ भने यो प्रतिष्ठानको नेतृत्व उपसभापतिले गर्ने व्यवस्था छ । त्यहि भएर पनि नीति तथा प्रशिक्षण प्रतिष्ठानलाई महत्व दिएको स्पष्ठ हुन्छ । उपसभापतिको नेतृत्वमा गठन गरिने यो प्रतिष्ठान १३औं महाधिवेशन पछि सभापति शेरवहादुर देउवाले लामो समय सम्म उपसभापति मनोनित नगर्दा यो प्रतिष्ठान गठन हुन सकेको थिएन ।

काग्रेस केन्द्रिय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार उपसभापति एवं प्रतिष्ठान प्रमुख नीधिले शुक्रवार ३८ जना सदस्य नियुक्त गनुृभएको हो । जसमा डा. आरजु देउवा (डडेल्धुरा), धु्रव वाग्ले (तनहुँ), डिकबहादुर लिम्बू (मोरङ), मनोहरनारायण श्रेष्ठ (धनकुटा), तुलसीनारायण श्रेष्ठ (लम्जुङ), सुभाष पोखरेल (खोटाङ), रञ्जित कर्ण (सप्तरी), मोख्तार अहमद (सिरहा), मधु शाही (बारा), डा. सूर्य ढुंगेल (महोत्तरी), डा. जगदीश चन्द्र पोखरेल (तनहुँ), डा. गोविन्दराज पोखरेल (प्यूठान) लाई प्रतिष्ठानको सदस्यमा नियुक्त गरिएको छ ।

मुख्य सचिव पौडेलका अनुसार उपसभापति नीधिले खिलानाथ दाहाल (ओखलढुंगा), तारानाथ दाहाल (सिन्धुपाल्चोक), केशव निरौला (मोरङ), छन्दबहादुर पहराई (गुल्मी), गेजा शर्मा वाग्ले (काठमाडौं), प्रा. अमुदा श्रेष्ठ (काठमाडौँ), प्रसिस महरा (डोटी), किशोरदत्त बराल (कास्की), कमला लामिछाने (गोरखा), भगिरथ पोद्धार (झापा), राजकुमार नकर्मी (काठमाडौँ), प्रमोदहरि गुरागाँई (काठमाडौं), नानुमैयाँ बाँस्तोला (काठमाडौँ), भद्रा भण्डारी पराजुली (काठमाडौँ), राजु नेपाल (भक्तपुर), रामजी कंग्रेन (धनकुटा), लालबहादुर पुन (बाग्लुङ), शम्भु जोशी (दार्चुला), सरस्वती गुरुङ (कास्की), देविका नेपाली (दाङ), डोल्मा तामाङ (सोलुखुम्बु), कान्ता रिजाल (पाँचथर), मदन कट्टेल (रूपन्देही), सुष्मा तिवारी (पर्सा), बीरेन्द्र साह (सुनसरी)र दीपक अधिकारी (सर्लाही) पनि प्रतिष्ठान सदस्यमा नियुक्त गरिएको छ ।

१३औं महाधिवेशनमा सभापतिको उमेदेवार हुदा सभापति देउवाले नेपाली कांग्रेसको नीति तथा प्रशिक्षण प्रतिलाष्ठानलाई देशको बदलिंदो आवश्यकता अनुसार नीति र कार्यक्रमका सम्बन्धमा निरन्तर छलफल र बहस गर्ने थलोको रूपमा विकसित गरिने छ भनि प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । महाधिवेशन भएको तीन वर्ष पछि भर्खर प्रतिष्ठानले पुर्णता पाउदै छ । नीति तथा प्रशिक्षण प्रतिष्ठान १२औं महाधिवेशन देखि १३औं महाधिवेशन सम्म भने क्रियाशिल भएको थियो ।

काग्रेसको महत्वपुर्ण संरचना मानिएको केन्द्रिय निित तथा प्रशिक्षण प्रतिष्ठानको गठन सम्बन्धि व्यवस्था विधानको धारा ३६ मा उल्लेख गरिएको छ भने यसको संरचना र नियममित कार्य सञ्चालन बारे नियमावलीमा उल्लेख छ । उपसभापतिको प्रमुखत्वमा गठन हुने यो प्रतिष्ठानमा केन्द्रीय सदस्य एवं पार्टीका उपयुक्त व्यक्ति उपप्रमुख रहने व्यवस्था छ । यसको संरचना निर्माण गर्दा प्रतिष्ठानका प्रमुखले सम्बन्धित विषय क्षेत्रका ज्ञाता पार्टीका क्रियाशिल सदस्य मध्यबाट निश्चित संख्यामा सदस्य नियुक्त गर्ने व्यवस्था छ । प्रतिष्ठान प्रमुखले एकजना कार्यकारी निर्देशक समेत नियुक्त गर्ने व्यवस्था भने यस अघि नै पुरा भैसकेको छ ।

केन्द्रिय नीति तथा प्रशिक्षण प्रतिष्ठानको उदेश्य अनुरुप १२औं महाधिवेशन पछि उपसभापतिमा मनोनित हुनुभएका रामचन्द्र पौडेलले तत्काल संरचना बनाई देशव्यापी प्रशिक्षणको कार्यक्रम अघि बढाएपनि १३औं महाधिवेशन पछि उपसभापतिमा मनोनित हुनुभएका विमलेन्द्र नीधिले यो संरचनाको पुर्ण निर्माण गरि अघि बढाउन चासो नदिएको गुनासो आइरहेको थियो ।

तत्कालिन अवस्थामा यो प्रतिष्ठानको उदेश्य अनुरुप प्रभावकारी काम भएकै कारण पनि पहिलो संविधानसभामा निर्वाचनमा नराम्ररी पराजित भएको नेपाली काग्रेसले दोस्रो संविधानसभाको निर्वाचनमा सबैभन्दा ठुलो दलको हैसियत कायम राख्न सकेको पनि बताइएको थियो । तत्कालिन अवस्थामा पार्टीका जिल्ला सचिव, कोषाध्यक्ष, क्षेत्रीय सभापति, कार्यालय सचिव एवं भातृ तथा सुभेच्छुक संघ संस्थालार्य प्रशिक्षणको माध्यमबाट जुझारु र क्रियाशिल बनाउन पनि प्रतिष्ठानले महत्वपुर्ण भुमिका निर्वाह गरेको थियो ।