विप्लव समूहका मकवानपुर जिल्ला इञ्चार्ज ज्वाला पक्राउ

0
Shares

काठमाडाैं । सरकारले प्रतिबन्ध लगाएको विप्लव समूहका नेपाल क्युनिष्ट पार्टी (नेकपा)का मकवानपुर जिल्ला इञ्चार्ज वीरबहादुर घलान (ज्वाला)लाई प्रहरीले समातेको छ ।

सवारी साधन चेकिङ गर्ने क्रममा मोटरसाइकलमा रहेका घलानलाई बिहीबार राति हेटौँडाको फायरलाइनबाट पक्राउ गरिएको हो । उनीसँगै अर्का एक व्यक्तिलाई पनि पक्राउ गरिएको बताइएकाे छ ।

यसअघि पनि विप्लव समूहका चारजनलाई पक्राउ गरेको मकवानपुर प्रहरीले अहिले पक्राउ पर्नेहरुलाई औपचारिक रुपमा सार्वजनिक गरेको छैन ।