आज पनि पहाडी भूभागमा मौसम बदली

0
Shares

काठमाडौँ । शुक्रबार देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भूभागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशका धेरै ठाउँको मौसम सफा रहेता पनि स्थानीय वायुको प्रभावले केही ठाउँको मौसम भने आशिंक बदली भएको छ । शुक्रबार दिउँसोपछि पहाडी क्षेत्रको मौसम बदली भई एक दुई ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना भए पनि अन्य ठाउँको मौसम भने सफा रहने मौसमविद्ले अनुमान गरेका छन् ।