दुर्घटनमा पूर्व संसद सहित ३ को मुत्यु

0
Shares

अनिल खत्री, गुल्मी । गुल्मीमा भएको दुर्घटनामा परी पूर्व संसद सहित ३ जनाको मुत्यु भएको छ । दुर्घटनमा परेर ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घाइते मध्ये ३ जनाको अबस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

जिल्लाको मुसिकोट नगरपालिका१ च्यानडाँडा भन्ने स्थाानमा लु १ ज १९५७ जिप दुर्घटना भएको थियो । दुर्घटनामा परेर मृत्यु हुनेमा जिपमा सवार पूर्व संसद एवं नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधी रुद्रामणीशर्मा भण्डारी र मालिका गाउँपािलका र ओस्कर बिकको मृत्यु भएको जिल्ला ट्राफिक कार्यलय गुल्मीका प्रहरी सहायक निरिक्षक नारायण खनालले बताउनुभयो ।

दुर्घटनामा घाइते मध्ये मालिका गाउँपालिका २ निवासी कोशिला थपाको पनि मृत्यु भएको छ । थप उपचारकालागि पाल्पा लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते मध्ये ६ जनालाई पाल्पा लगिएको १ जनको वामी टक्सार अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । पूर्व संसद भण्डारी २०४७ सालको निर्वाचनमा तत्कालिन गुल्मी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसको तर्फबाट संसदमा निर्वाचित हुनु भएको थियो ।