चौतर्फी दवावमा सरकारी चिकित्सक: बिरामीकाे गुनासाे-‘सरकार यही हो सम्बृद्धी !’  

0
Shares

भगवती तिमल्सिना, काठमाडौ । बिरामीको उपचार नगरी आन्दोलनमा होमिएका सरकारी चिकित्सक बिरुद्ध जनमत बढ्दै गएपछि चिकित्सकहरु अस्पताल परिसरमा बसेर बिरामीको सेव ागर्न थालेका छन ।

समायोजनका नाममा सरकारले दुर्गम क्षेत्रमा सरुवा गरेपछि सुगममा मात्रै काम गर्न पाउनु पर्ने माग गर्दै सरकारी चिकित्सकहरु आन्दोलनमा होमिएका थिए । सरकारले माग पुरा नगर्ने, सरकारी चिकित्सक आन्दोलनमा नाममा बिरामीलाई बिचल्लीमा पारेको भन्दै सर्वत्र आलोचना हुन थालेपछि आन्दोलनरत चिकित्सकहरुले सादा कागजमा सरकारी चिकित्सक संघ (गोदान)को छाप लगाएर बिरामीको परीक्षण शुरु गरेको छ ।

सरकारी अस्पतालका चिकित्सक आन्दोलनमा लागेपछि निजी अस्पतालका दलालहरु अहिले नीजि अस्पतालमा बिरामी लैजान चलखेल गर्ने गरेको पाइएको छ ।

वीर अस्पतालकै ट्रमा सेन्टरमा आउने बिरामीलाई पनि अस्पतालको परिसरमा राखेर चेकजाँच गरेजस्तो गर्ने र बिरामीलाई प्राइभेट क्लिनिकमा पठाउन दलालको चलखेल तीव्र भएको छ ।

एक सातादेखि चिकित्सकहरुको हड्तालका कारण आकस्मिक बाहेकका सेवा ठप्प रहेको वीर र ट्रमा सेन्टरमा बिहान सबेरै देखि बिरामीको भिड लाग्ने गरेको छ । सकारी अस्पतालमा बिरामीको भिड बढ्दै गएपछि प्रहरीले हस्तक्षेप गरी बीर अस्पतालको काउन्टर खुलाएको थियो ।

काउन्टर खुले पछि ६ दिनदेखि आन्दोलनरत सरकारी चिकित्सकहरूले सेवा बहिष्कार गदै आएकोमा आन्दोलनको स्वरुप परिर्वतन गरी बिरामीको परीक्षण गर्न शुरु गरेको हो । आन्दोलनका कारण बिरामीहरुले बिषेशज्ञ सेवा भने पाउन सकेका छैनन ।

खुल्ला आकास मुनि बिरामीको भीड लागेको छ । बिरामीको ओइरो देख्दा देशकै पुरानो र जनताको विश्वास जित्न सफल वीर अस्पतालको महत्व र मर्म बुझेका बिरामीहरुको भीड अस्पतालमा लाग्ने गरेको छ ।

बिरामीको मर्म नबुझेको सरकार र आन्दोलनरत चिकित्सकहरुलाई लाज लाग्नुपर्ने बिरामीहरुले बताएका छन । बिरामीहरुले झण्डै एक हप्ताको दुःख बिर्सर्दै लामबद्ध भएर खुल्ला भुईमा नै बसेर स्वास्थ्य परिक्षण गराउन पाउँदा युद्ध जितेको अनुभव भएको बताएका छन ।

धनगढीका समिरा रसाईली बच्चाको उपचारकालागि आएको एक सातामा बाहिरै भएपनि परीक्षण गराउन पाएकोमा आफु भाग्यमानी भएको बताउभयो । उहाँले भन्नुभयो–यस्तो आन्दोलन र हड्ताल स्वास्थ्य संस्थामा हुन नहुने सरकार र चिकित्सक दुबै पक्षले जनस्वास्थ्य माथी खेलबाड गरे । हामीलाई चुनावमा भोट माग्न जाने नेताहरुलाई भेट्न पाए एकपटक सोध्ने थिए यहि हो हाम्रो स्वास्थ्य अधिकार ?

वीर अस्पतालमा पहिला देखि नै जाँच गराउँदै आएको २ वटा बच्चा बोकेर बुहारी एक्लै काठमाडौ आउन गाह्रो हुने भएर आफु साथी आएको तर आफै बिरामी पर्न थालिसकेकोे रसाइली बताउनुहुन्छ ।

चुनाव ताका नेताहरुले भनेका थिए अब तपाईहरुका दुःखका दिन सकिए । बन्द हड्ताल कही हुँदैन, जनस्वास्थ्यका लागि बिशेष कार्यक्रम ल्याउँछौ । खोइ त ल्याएका यही हो त बिशेष कार्यक्रम ? यता आन्दोलनरत पक्ष भने हडतालबारे जानकारी नभएर बाहिरका जिल्लाबाट आएका बिरामीहरुले दुःख पाएकै कारण आन्दोलनलाई बिर्सिएर सरकारी टिकट नकाटी गोदानकै लेटरप्याड बनाएर बिरामीको जांच गरेको गोदानका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले बताउनुभयो ।

अस्पताल हाताभित्र कुनै ठूलै घटना भएर चारैतिर प्रहरीले घेराबन्दी गरी घटना स्थललाई सुरक्षित गरिएको भान हुन्छ । बिरामी परीक्षण गराउनुका साथै वीर अस्पतालमा के भएछ भनेर हेर्नेहरुको भीड पनि उत्तिकै लाग्ने गरेको छ । खुट्टा भाँचिएर लगाएको प्लाष्टर खोल्न ट्रमा सेन्टरमा छोरालाई लिएर आएका मुलपानी काठमाडौका सिताराम न्यौपानेले सरकार र चिकित्सको ब्यवहारले आफुहरुलाई दुखित बनाएको बताउनुहुन्छ ।

भक्तपुरका सिताराम कार्कीले भन्नुभयो –हात भाचिएर प्लाष्टर खोल्नुपर्ने मिति आईतबारै दिएका थिए डाक्टरहरु नै आन्दोलनमा उत्रिएकाले खोल्न पाइन । आज त अस्पताल खुलेको होला भनेर आएको डाक्टरको पालो रहेन छ अव के गर्ने भनेर सोचिरहेको छु ।

गोदानको नेतृत्वमा सरकारले सार्वजनिक गरेको कर्मचारी समायोजनको सूचीविरुद्ध शुक्रबारदेखि अनिश्चितकालीन सेवा–बहिष्कारमा उत्रदा हजारौ रिफरलत तथा बिपन्न बिरामीहरु मारमा परेकै कारण निरीह भएर दलालले जता भन्यो त्यतै जान बाध्य देखिन्छन् । यतिबेला सरकारको उपस्थिति कहाँ छ बिरामीहरुले प्रश्न गरिरहेका छन । सरकार यही हो त सम्बृद्धी पीडित बिरामीहरुले प्रश्न गर्न थालेका छन ।