मलद्वारमा लुकाएर ल्याएको ३ केजी ३ सय ग्राम सुनसहित ३ चिनियाँ पक्राउ

0
Shares

काठमाडौं ।  मलद्वारमा लुकाएर ल्याएको ३ केजी ३ सय ग्राम सुनसहित ३ जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

बिहिबार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

दिउँसो चीनबाट काठमाडौं उत्रेको जहाजमार्फत आएका उनीहरुलाई बोर्डिङ पास गर्ने क्रममा प्रहरीले शंका गरेको थियो। बोर्डिङ पासका बेला जाँच्ने मेशिनले धातु भएको संकेत गरेको थियो। तर प्रहरीले उनीहरुको शरीर जाँच गर्दा कुनै पनि धातु पत्ता लगाउन सकेको थियो।

उनीहरुलाई फेरि अस्पताल लगेर जाँच गर्दा मलद्वारमा लुकाएको सो परिणामको सुन भेटिएको प्रहरीले बताएको छ।