पाँच क्षेत्रीय प्रशासन कार्यालय खारेज गर्ने सरकारको निर्णय


नेपाल समाचारपत्र, काठमाडौं ।

सरकारले पहिलेको पाँच विकास क्षेत्रमा रहेको क्षेत्रीय प्रशासन कार्यालयहरु खारेज गरेको छ ।

केही दिनअघि बसेको मन्त्रिपरिषाद् बैठकले धनकुटा, हेटौंडा, पोखरा, सुर्खेत र दिलायलमा रहेको क्षेत्रीय प्रशासन कार्यालय खारेज गरेको हो ।
अब उक्त कार्यालयमा रहेका सबै सम्पत्ति सम्बन्धित प्रदेशको मुख्यमन्त्री कार्यालय मातहत जाने सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिनुभयो ।