वीर अस्पताल र ट्रमा सेन्टरको एक झलकः डाक्टर आन्दोलनमा, बिरामीको बिचल्ली (फोटाफिचर)


काठमाडौं,
सरकारी चिकित्सक संघ नेपाल (गोदान) ले एक साता देखि आन्दोलनमा उत्रिई आकस्मिक बाहेकका सेवा ठप्प पार्दा सरकार र चिकित्सक दुबै पक्षले मानवीयता अप्नाएको सम्म देखिएन ।

बुधबार धर्नामा बसेका चिकित्सकहरुलाई प्रहरीले लछारपछार पार्दै वीर अस्पतालको काउन्टर खोलेपछि गोदानकै सकृयतामा वीर अस्पतालमा टागिएको पालभित्र गोदानले बिरामीको नाम दर्ता गर्दै गोदानकै छाप लगाउँदै बिरामी जाँच्ने कार्य शुरु गरेको छ ।

हप्तौ देखि डाक्टरको पखाईमा पालो कुरेका र एक सातादेखि अलपत्र परेका बिरामीहरुको घुइचो लागेको छ । वीर अस्पताल र ट्रमा सेन्टरमा यतिबेला ठूलै मेला लागेझै चारैतिर प्रहरीको घेराभित्र बिरामीको परिक्षण हुँदैछ । प्राइभेट क्लिनिकका लागि बिरामी जुटाउन लागि परेका दलालहरुको पनि उत्तिकै चलखेल देखिन्छ ।

तस्वीर: भगवती तिमल्सिना/नेपाल समाचारपत्र