ऊ संगीतमा बाँचिरहनेछ

0
Shares

– शैलेन्द्र थापा (सशस्त्र प्रहरी निरीक्षक)
मानिस जन्मिएकै मर्नका लागि हो। अर्थात् मृत्यु शाश्वत सत्य हो। तर मृत्युपछि पनि कुनै न कुनै माध्यमबाट नाम जीवन्त रहनुचाहिँ भाग्यको कुरा हुन्छ।

यस्ता भाग्यमानी कमै हुन्छन् र ऊ त्यही कममध्ये एक हो, जसले मीठो स्वर हामीमाझ छाडेर गएको छ। उसले छाडेर गएका संगीत हामीमाझ गुन्जिरहेका छन्। सशस्त्र प्रहरी निरीक्षक स्व. दुर्गाबाबु पाठकले पक्षी एल्बममा गाएका थिए आजको मिलन भोलिको छुटन सम्झना रहिरहोस् नौ जुनी। उसले भनेजस्तै उसका संगीत बा“चिरहेका छन्। आज ठ्याक्कै ३ वर्ष बितेको छ उसलाई गुमाएको। यो चैत २८ ले पुनः एकपटक झस्काउँदै छ। इमानदार कर्तव्यनिष्ठ र बहुप्रतिभाको धनी आत्मीय मित्र सशस्त्र प्रहरी निरीक्षक दुर्गाबाबु पाठक आज हामीबीच छैन। तर हामीले उसलाई सधैं सम्झिरहने प्रयासमा एक हदसम्म सफलता पाएका छौं ‘दुर्गाबाबु पाठक स्मृति संगीत पुरस्कार’को स्थापना गरेर। उसको स्मृतिमा संगीत कोषको स्थापना भएको छ। जुन उसलाई सम्झने माध्यम बनेको छ भने संगीतप्रतिको उसको लगावको सम्मान पनि।

एक व्यक्ति सबैको नजरमा उस्तै राम्रो र आत्मीय नहुन सक्छ। यो पनि कटु सत्य हो। तर ऊ खास थियो, आत्मीय थियो। संगीतप्रतिको उसको मोह र लगाव वास्तवमै गजबको थियो। एउटै ब्यारेकमा उसले चर्को स्वरले गीत गाउ“दा रिस उठेर म कराउ“थे कति हल्ला गर्छस्? तर ऊ नम्र हुन्थ्यो र भन्थ्यो तेरो दाइले हल्ला होइन तलाईं मनोरञ्जन दिएको। अब भने त्यो हल्ला हो वा मनोरञ्जन ती दुवै टाढा भएका छन्।

२०७२ चैत २८ गते कर्तव्य पालनाकै सिलसिलामा चितवनबाट काठमाडौं आउ“दै गर्दा धादिङको मलेखुमा भएको अकल्पनीय सडक दुर्घटनामा परी भौतिक शरीर टाढा भए पनि सशस्त्र प्रहरी निरीक्षक स्व. दुर्गाबाबु पाठकका सांगीतिक कृतिहरू हामीमाझ छन्। हजुरको देशमा हजुरकै मर्जी, म त हजुर दुई दिनको पाहुना। उसले गाएको चर्चित गीतको शब्द हुन् यी। गीतजस्तै जीवन बन्नुको यो बिडम्वना र छाती चर्काउने नियती वास्तवमै शब्दमा उतार्ने खालको हु“दै होइन। अझ आमाले मस“गको भेटमा त्यस्तो गीत नगाउन भनेकी थिए“ भन्नुहु“दाको दिक्दारी कहा“ वर्णन गरिसाध्य छ र?

उसमा बहुप्रतिभा थियो। क्रिकेट, फुटबल खेल्थ्यो, गीत लेख्ने, संगीत भर्ने र गाउने क्षमता राख्थ्यो भने आप्mनो जिम्मेवारीमा अविचलित सक्षम, इमानदार र अनुशासित थियो। स्व. पाठकका पक्षी र निन्द्रा लाग्दैन शरीर गरी एल्बम बजारमा आइसकेका छन् भने २०६० सालमा चितवनमा सम्पन्न सिनर्जी राइजिङ स्टार प्रतियोगितामा उत्कृष्ट दशभित्र पर्न सफलसमेत भएको थियो। चितवनमै सम्पन्न आठौं कालिका म्युजिक अवार्डमा बेस्ट आर्टिस्टको उपाधिसमेत प्राप्त गरेको थियो। अब केबल सम्झना छन् उसले स्वर दिएका मीठा गीत संगीत। त्यही संगीतप्रतिको उसको प्रतिभालाई मर्न नदिन स्थापित संगीत कोषबाट प्रत्येक वर्ष नेपाल एपीएफ स्कुलमा संगीततर्फ उत्कृष्ट हुने एक छात्र वा छात्रालाई सशस्त्र प्रहरी परिवार महिला संघको वार्षिकोत्सवको अवसर पारेर पुरस्कार प्रदान गरिन्छ।