गुल्मी जिप दुर्घटना अपडेटः मृतकको संख्या ३ पुग्यो

0
Shares

गुल्मी। मुसिकोट नगरपालिका –१ मा जीप दुर्घटना हुँदा पूर्वसांसदसहित ३ जनाको मृत्यु भएको छ । मालिका गाँउपालिकाको दर्लिङबाट बुटबलका लागि छुटेको लु १ ज १९५७ नम्बरको जीप बिहान ९ बजे दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी गुल्मीका पूर्व सासंदसमेत रहेका धुर्कोट गाँउपालिका -५ वस्तु निवासी रूद्रमणी भण्डारी र मालिका गाँउपालिका १ का ओसर विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी रविन्द्र खड्काले जानकारी दिनुभयो ।

जीप सडकबाट अन्दाजी १०० मिटर तल खसेको छ । जीपमा कुल १० जना सवार रहेको र अन्य सबै घाइते भएको खड्काले जानकारी दिनुभयो । घाइतेलाई उद्दार गरी अस्पताल पठाउने काम भइरहेको प्रहरीले जनाएको छ ।