हुरी प्रभावित वस्तिमा झाडापखालाको प्रकोप

0
Shares

गोकुल घोरसाइने, बारा
हुरीबतासले धनजनको क्षति पुर्याएका बाराका वस्तिमा झाडा पखालाको प्र्रकोप देखा पर्न थालेको छ । घर भत्केका वस्तिमा फोहोरमैला व्यवस्थापन, स्वच्छ पिउने पानी अभाव र अस्वस्थकर खानेकुराको प्रयोगले झाडापखानाको प्र्रकोप देखा परेको हो ।

हुरी प्रभावित फेटा गाउ“पालिकाको वडा १ भलुही र भरबलीया, वडा ३ को गछीया टोल र वडा ६ को पुरैनिया गाउ“मा झाडापखालाको दर्जनौ्र्रं बिरामी देखा परेका छन् । सुवर्ण गाउ“पालिकाको वडा ४ हर्दिया, वडा ५ र ८ को प्रशुरामपुरमा पनि झाडापखालाका बिराम्री फाटफुट रुपमा देखिएको छ । फेटा गाउ“पालिकामा मात्र २५ भन्दा बढी झाडापाखालाले थलिएका छन् ।

राहतको नाममा दाताले दिएको चाउचाउ, विस्कुट, चिउरा जस्ता तयारी र सुख्खा खानेकुराको बढी प्र्रयोगले प्रकोप देखा परेको स्वास्थ्यकम्र्रीहरु बताउछन । पिडित परिवार हुरीबतासपछि दाताले दिएकोप्याकेटको तयारी खानेकुरामा निर्भर हुर्दै आएका छन । हुरीले पुर्एको मानवीय र भौतिक क्षतिको पीडा कम हुन नपाउ“दै झाडा पखालाको प्रकोप देखा परेपछि हुरी पीडितहरु थप समस्यामा परेका छन । झाडापखालाले महिला र बालबालिका सबै भन्दा प्रभावित छन ।

हुरीबाट घाइते र बिरामी परेकाहरुको उचार निम्ति संचालन गरिएको भरबलीयास्थित एउटा अस्थायी स्वास्थ्य शिविरमा मात्र १२ जना पखालाका विरामीले उपचार गराइरहेका अनमि संगम द्ववेदीले बताइन् । झाडापखाला संक्रमित फेटा–६, पुरैनियाकी आमना खातुन सुख्खा खानेकुरा बढी खाएको कारण पखला लागेको बताउछिन । ‘सबै अन्नपात घरसंगै हुरीले उडाएर लग्योे, उनले भनिन, दाताले दिएको खानेकुराले बिरामी बनायो ।’ झाडापखालाले बिरामी परेक्री खातुनलाइ्र्र सोमबार शिवीरमा सलाइन पानी चढाएर उपचारपछि केही खाने औषधि दिएर घर पठाइएको छ ।

फेटा गाउ“पालिकाअन्तर्गत स्वास्थ्य फा“टका सहसंयोजक स्वास्थ्य सहायक कुरान अलीका अनुसार बिरामीहरुलाई जनस्वास्थ्य कार्यालय कलैयाबाट खटिएका स्वास्थ्यकर्मीहरुले निगरानीमा राखेर उपचार गरिरहेका छन् । ‘३० जना भन्दा बढी बिरामीलाई उच्च निगरानीमा राखेर उपचार भइरहेकोे छ,’ अलीले भने, ‘प्रकोप फैलिन नदिन स्वास्थकर्मीहरु ‘हाइएलर्ट’ मा छन ।

उनले घर फर्केका बिरामीको पनि पटकपटक फलोअप गर्ने गरेको जानकारी दिए । शीविरमा धुलो धुवा“ले प्रभावित श्वासप्रश्वासका बिरामी पनि आउन थालेको उनले बताए । भत्केका घरबाट निस्केको धुलो र प्रदुषणले बालबालिका र वृद्धवृद्धामा स्वासप्रश्वासको समस्या उत्पन्न गराएको उनको भनाइ्र्र छ । कार्यालयले फेटामा मात्र ५ स्थानमा स्वास्थ्य शिविर संचालन गरेको छ । शिविरमा पखाला नियन्त्रणका लागि जीवनजल, मेट्रोन चक्की, एन्टिबमयोटिक औषधी सिप्रो चक्की तयारी अवस्थामा राखिएको छ ।

हुरी प्रभावित सुवर्ण गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र हर्दियाका चिकित्सक राजिव सिन्हाले हुरिपछि गाउमा झाडापखालाको प्रकोप फैलिएको बताउछन । एक सातायता स्वास्थ केन्द्रमा झाडापखालाका १ दर्जन भन्दा बढी बिरामी आएको र उपचारपछि फक्र्रिएको जानकारी दिए । विशेष गरी १० बर्ष मुनिका बालबालिकालाई झाडापखालाले सताएको उनी बताउ“छन् । उनले पनि ढिलो पाचन हुने खानेकुरा र सरसफाई अभावमा समस्या उत्पन्न गराएको बताए ।
चिकित्सक सिन्हाका अनुसार हुरी प्रभावित क्षेत्रमा चर्पी अभावले खुला ठाउ“मा दिसापिसाब भइरहेको र त्यसबाटसमेत माहामारी फैलन सक्ने डर छ । ‘खुला ठाउ“मै मेस संचालनमा छ र हुरी पीडितहरुले खाना खाइरहेका छन्, उनले भने, ‘खुला शौचमा भन्केका झिंगाले खानालाइ्र्र्र दुषित पार्छन ।’ उनले राहतको नाममा ‘फास्टफुड र जंङ्कफुड रोक्नुपर्छ पर्ने सुझाव पनि दिएका छन ।