भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा सुरु

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर । आठ दिन नौ रातसम्म मनाईने भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा बिहीबारदेखि सुरु भएको छ ।भक्तपुरको टौमढी क्षेत्रस्थित पाँचतले र भैरवनाथ मन्दिर परिसरमा बनाइएको तीनतले प्यागोडा शैलीको भैरवनाथको रथ तानेर जात्रा सुरु गरिएको हो ।

भैरबनाथको पुजा सुरु भएसंगै सुरु हुने यो जात्रामा दिउँसो स्थानीयको पुजा सकिएर गुठी कार्यालयले ल्याएको सरकारी पुजा सकिएपछि रथ तानेर जात्रा सुरु भएको गुठी संस्थान भक्तपुरका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिनुभयो ।लामा तथा मोटा आठवटा डोरीले रथलाई अगाडि र पछाडि तानेर टौमढीबाट करिब २ सय मिटर दक्षिण गःहिटी पुर्याएपछि पहिलो दिनको जात्रा सम्पन्न हुने प्रचलन छ ।

तीनतले भैरवनाथको रथ र भद्रकालीको दुईतले सानो प्यागोडा शैलीकै रथ तान्न सुरु गरिएको छ ।गुठी संस्थान भक्तपुरका प्रमुख सुवेदीले बिहानैदेखि भैरव मन्दिरमा जात्रा सञ्चालक आकाश भैरव गुठी तथा भद्रकाली गुठीका रकमी तथा भैरव मन्दिरका पुजारीहरुको संलग्नतामा भैरवको नित्यपूजा सम्पन्न भएपछि रथ तान्न सुरु गरिएको बताउनुभयो ।

जात्रामा तान्त्रिक विधि अनुरूप निर्माण गरिएको भैरव र भद्रकालीको रथ तौमढीबाट भक्तपुरको माथिल्लो क्षेत्र क्वाछें, साकोथा, सुकुलढोका, गोलमढी पु¥याइ फर्काउने प्रचलन छ । रथलाई तल्लो क्षेत्रमा गःहिटी पु¥याएपछि आज पहिलो दिनको रथयात्रा विसर्जन गरिन्छ ।

चैत्र मसान्तमा इन्द्रध्वजा सहितको लिङ्गो् उठाउने र वैशाख १ गते साँझ लिङ्गो ढाल्ने गरिन्छ भने वैशाख १ गते भक्तपुरको भेलुखेलमा भव्य मेला लाग्ने गर्दछ । यसदिन जात्रा हेरेमा शत्रुनाश हुन्छन् भन्ने जनविश्वास रहे अनुसार यो जात्रालाई शत्रुहन्त जात्रा पनि भन्ने गरिन्छ ।

किम्वदन्ती अनुसार परापूर्वकालमा भक्तपुरमा बस्ने एक प्रतापी राजाको अत्यन्तै अद्भूत सुन्दरी राजकुमारी थिइन् । राजाले ति राजकुमारीसंग विहे गर्नेलाई आफूले राजगद्दी नै सुम्पने बताएपछि राजगद्दी पाउने राजकुमारीसँग विहे गर्न धेरै कुमारहरू आए तर जसले राजकुमारीसँग विहे गर्थे ऊ पहिलो रातमै त्यही ओछ्यानमा मर्दथ्यो । राजाले आफ्नो सयनकक्षबाट हरेक बिहान लास उठाई मसानघाटसम्म पु¥याउने मलामी गुठी नै संचालनमा ल्याएका थिए ।