विप्लव समूहका डोल्पा इञ्चार्ज पक्राउ

0
Shares

जाजरकोट । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता वीरबहादुर खड्का (क्षितिज) लाई जिल्ला प्रहरी कार्यालय जाजरकोटको प्रहरीले प्रक्राउ गरेको छ ।

जाजरकोट सदरमुकाम खलंगाको थाप्ले बजारमा होटल व्यवसाय गर्दै आएका खड्कालाई बुधबार साँझ पक्राउ गरिएको जाजरकोट प्रहरी प्रमुख श्यामबहादुर खत्रीले जानकारी दिएका छन् । विप्लव नेतृत्वको डोल्पा जिल्ला इञ्चार्ज रहेका खड्कालाई थाप्लेमा रहेको उनकै घरबाट पक्राउ गरिएको हो ।

खड्कालाई खलंगामा वसेर सरकारविरोधि गतिविधि गरेको आरोपमा पक्राउ गरिएको जाजरकोट प्रहरीले जनाएको छ । यसअघि पनि सुरक्षाकर्मीले विप्लव समूहका केन्द्रीय तहका धेरै नेतालाई पक्राउ गरिसकेको छ ।

प्रतिबन्धयता विप्लवका पाँच सय बढी नेता–कार्यकर्तालाई प्रहरीले पक्राउ गरिसकेको छ । जसका कारण विप्लव समूहको सञ्जालमा ठूलो खाडल पैदा भएको छ ।