८ महिनामा ५५० भन्दा बढी श्रमिकको मृत्यु

0
Shares

सुम्निमा काफ्ले, काठमाडौँ ।
वैदेशिक रोजगारको लागी विदेश गएका नेपाली कामदारमध्ये यो वर्ष साउनदेखि चैत्र २१ गते सम्म ५ सय ५३ जनाको ज्यान गएको छ । यसमा पुरुषको संख्या अत्यधिक (५ सय ३६) र महिलाको संख्या १७ रहेको छ ।

विगत ८ महिनाको अवधिमा मलेशिया जाने (१ सय ६३) जनाको मृत्युको भएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको तथ्याङ्कले देखाएको छ ।
मलेशीयामा विरामी भई २९, आत्महत्याबाट २६, सडक दुर्घटनाबाट १५ र कार्यस्थलमा दुर्घटनाबाट २० जनाले जीवन गुमाउनुपरेको छ ।

साउदी अरेवीयामा १ सय ४९ र कतारमा ९९ जना कामदारको मृत्यु भएको छ । साउदीमा सडक दुर्घटनाबाट ४७, प्राकृतिक रुपमा ४१ जना र आत्महत्याबाट १३ जनाको मृत्यु भएको छ ।

कतारमा मृत्यु÷प्राकृतिक मृत्युमा २२, आत्महत्याबाट १५, सडक दुर्घटनाबाट १४ र कार्यस्थलमा दुर्घटनाबाट १४ जना जनाले ज्यान गुमाएका छन् ।
अघिल्लो आर्थिक वर्ष (२०७४/२०७५) ८ सय १८ जना कामदारको मुत्यु भएको थियो । गत साल पनि मलेसिया जाने नेपाली कामदारकै सबैभन्दा बढी(२ सय ८९ जना) को मृत्यु भएको थियो ।

खाडीका देशमध्ये मलेशिया, कतार, साउदी अरेबियामा धैरै नेपालीहरु कामका लागी जाने गर्छन् । ती देशमध्ये मलेशिया, कतार, साउदी अरेबियामा कार्यरत धैरै नेपालीको सवारी दुर्घटना, हृदयघात र आत्महत्याका कारण मृत्यु हुने गरेको उक्त बोर्डको तथ्याङ्घले देखाएको छ ।

बोर्डका कार्यकारी निर्देशक राजेन्द्रकुमार श्रेष्ठ भन्नुहुन्छ, भिन्न हावापानि, कामको दवाब, परिवारबाट टाढा बस्दाको तनाव, सवारी ज्ञानको अभाव जस्ता कारणले विदेशी श्रमिकको  ज्यान जाने गरेको छ । यसको जोखिम कम गर्न सरकारले विशेष अभिमुखिकरण तालिम दिने गरेको भए पनि त्यो प्रभावकारी हुन सकेको छैन ।

यस्तो तालिम दिन काठमाडौंबाट एक सय १६ र बाहिरबाट ४२ वटा संस्थाले वैदेशिक रोजगार विभागबाट अनुमति लिएका छन् ।
देशभित्र रोजगारी सृजना हुन नसक्दा धेरैजसो नेपालीका लागी वैदेशीक रोजगार अहिले बाध्यता बन्न पुगेको छ ।

सरकारले एक सय ११ मुलुकलाई संस्थागत रुपमा बैदेशिक रोजगारका लागि ढोका खुला गरेको छ तर व्यक्तिगत श्रम स्वीकृतिमा करिब एक सय ७२ मुलुकमा नेपाली गएको पाइन्छ । वोर्डका अनुसार वैदेशीक रोजगारीमा जाने नेपालीको संख्या ५० लाख भन्दा माथि पुगिसकेकोे छ ।