युरोपेली संघबाट आयात हुने बस्तुहरुमा कर लगाउने अमेरिकाको तयारी

0
Shares

लन्डन (एजेन्सी)
अमेरिका युरोपेली संघ (ईयु)बाट आयातित ११ अर्ब २० करोड डलर मुल्य बराबरको वस्तुमाथि भन्सार शुल्क लगाउने तयारीमा रहेको छ । अतिरिक्त शुल्क लाग्ने बस्तुहरुमा विमान देखि गाईको दुधको चिज र जैतुन जस्ता बस्तुहरु परेका छन् । अमेरिकाले युरोपेली विमान निर्माता कम्पनी एयरबसलाई युरोपेली संघको सहुलियतको जवाफमा उक्त कदम उठाएको हो ।

अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पले युरोपेली संघ बर्षौदेखि ब्यापारमा अमेरिकाको फाइदा उठाइरहेको बताएका छन् । उनले ट्विटरमा भनेका छन्– एयरबसलाई युरोपेली संघका तर्फबाट दिइरहेको सब्सिडीले अमेरिकालाई असर परेको विश्व ब्यापार संघको निष्कर्ष रहेको छ । अमेरिका अब युरोपेली संघको ११ अर्ब डलर मुल्य बराबरको सामानमा शुल्क लगाउने छ ।
अमेरिका ब्यापारमा युरोपेली संघसँग घाटा कम गर्ने उपायलाई लिएर वार्ताका लागि गत बर्षदेखि नै छलफलमा जुटिरहेको छ । अमेरिकाका ब्यापार प्रतिनिधिको कार्यालयले सोमबार कर लाग्ने भनिएका युरोपेली संघका उत्पादनहरुको सुची जारी गरेको थियो ।

डब्ल्युटीओले ब्यापार र विवाद सल्टाउन नियम तयार गर्छ । डब्ल्युटीओले गत बर्ष मेमा दिएको आफनो फैसलामा युरोपेली संघले एयरबसलाई केही अवैध सहुलियत दिएको उल्लेख गरेको थियो । जसले उसको प्रतिद्वन्द्वि अमेरिकी विमान कम्पनी बोइंगलाई नोक्सान भएको छ । अमेरिकाले यसै गर्मीमा हुने बैठकमा युरोपेली संघको सब्सिडीको प्रभाव कम गर्नका लागि आवश्यक उपाय गर्न सक्ने अपेक्षा गरेको छ ।

अब उसले उद्योग प्रतिनिधिहरुसँग कर लगाउन सकिने ईयु उत्पादनहरुको सुची तयार गर्न छलफल गर्नेछ । अमेरिकाका ब्यापार प्रतिनिधि रोबर्ट लाइटहाइजरले भने– यो मामिला १४ बर्षदेखि चलिरहेको छ र यसमा अब कारवाही गर्ने समय आएको छ ।

ब्यापार घाता घटाउने नितिमा केन्द्रित रही चिनियाँ सामानहरुमाथि अतिरिक्त कर लगाउने फैसलाले अमेरिका र चीन ब्यापार युद्धमा होमिसकेका छन् ।