ब्ल्याक होलको तस्विर सार्वजनिक हुने

0
Shares

पेरिस (एजेन्सीं)
विश्व पहिलो पटक रहस्यमय रहँदै आएको ब्ल्याक होलको तस्वीरबाट साक्षात्कार हुने अपैक्षा गरिएको छ । अहिले वैज्ञानिकहरु अत्यन्त उत्साहका साथ यस विषयलाई लिएर गोप्य बैठकहरुमा ब्यस्त रहेका छन् ।

अब विश्वका खगोलविदहरु बुधबार एकै समय ६ विशेष ठुलो पत्रकार सम्मेलन आयोजना गर्ने निर्णयमा पुगेका छन् । ती सम्मेलन मार्फत उनीहरुले ‘इभेन्ट होराइजन टेलिस्कोप ‘ (ईएचटी)को पहिलो नतिजाको घोषणा गरिनेछ जसलाई मुख्य रुपमा ब्ल्याक होलको तस्वीर खिँच्न बनाइएको हो । ब्रम्हान्डमा विद्यमान सबैभन्दा रहस्यमय अस्तित्व मध्यको एक ब्ल्याक होलको तस्विर लामो समयदेखि पर्खाइ विषय बनिरहेको थियो ।

युरोपेली अन्तरिक्ष एजेन्सीका खगोलविद तथा ब्ल्याक होलका एक विशेषज्ञ पल म्याक्नमाराले भने– विगत ५० बर्ष भन्दा लामो समयदेखि वैज्ञानिकहरुले हाम्रो आकाशगंगाको केन्द्रमा केही अत्यन्त चम्किलो देखेका छन् ।

ब्ल्याक होल अत्यन्त शक्तिशाली गुरुत्वाकर्षण भएको त्यसतो पिण्ड हो जसले प्रकासलाई पनि परावर्तन हुनबाट रोक्छ । आकाशगंगाका ताराहरुले यसलाई २० बर्षमा परिक्रममा गर्छ । हाम्रो सौर्य प्रणालीलाई आकाशगंगाको परिक्रममा २३ करोड बर्ष लाग्छ ।

चर्चित भौतिकशास्त्री अल्बर्ट आइन्स्टाइनले ब्ल्याक होलका विषयमा धेरै तथ्य अगाडी सारेका थिए । त्यसपछिका खगोलशास्त्रीहरुले यस खगोलिय पिन्डका विषयमा धेरै कुराको खोज गरेका छन् । उनीहरुका अनुसार ब्ल्याक होल त्यसतो पिन्ड हो जसको गुरुत्वाकर्षण बलले उसको वरपरका सबै पिन्डलाई आफुतिर तानेर विलय गर्छ । यसको गुरुत्ववलबाट कुनै पनि पदार्थ बच्न सक्दैन । यसमा पर्ने प्रकास पनि परावर्तन नहुने भएकोले ब्ल्याक होलको तस्विर लिनु यसअघि असम्भव मानिएको थियो ।

तर अर्को खगोल भौतिकशास्त्री स्टेफेन हकिंगले ब्ल्याक होलले सबै कुरा निल्ने मात्र होइन केही निस्कासन पनि गरिराख्ने सिद्धान्त अगाडी सारेका थिए । उनले ब्ल्याक होलको पनि एक सीमा हुने र त्यहाँबाट केही उर्जा उत्सर्जन भइरहने बताएका थिए ।