परिवार चढेको कारमा सेनाद्वारा अन्धाधुन्ध गोली प्रहार

0
Shares

रियो दि जेनेरो,(एजेन्सी)
ब्राजिलको राजधानी रियो दि जेनेरोमा सैनिक गश्तीको क्रममा एउटा परिवार बोक्दै गइरहेको कारमा अन्धाधुनध गोली चलाएको अभियोगमा मंगलवार दसजना ब्राजिलियन सैनिकलाई प्रहरीले गिरफतार गरेको छ ।

प्रहरीले तिनीहरुलाई सो कारमा कमितमा असी पटक गोली हानेर एभाल्दो दोस सान्तोस रोसा नामक ड्राइभरलाईमारेको तथा एकजना यात्रु र अर्को एकजना बटुवालाई घाइते बनाएको जनाएको छ ।

रोसाले रियो उत्तरी भागमा एक नातेदारको गर्भवती महिलाको नाममा दिइएको पार्टीमा सहभागि हुन परिवारसंग जाँदै थिए । अनुसनधानकर्ताहरुले सो सैनिक गश्तीले अपराधि समुह चढेको सोही रंगको कार ठानेर आक्रमण गरेको हुनसक्ने अननुमान गरेका छन् ।

प्रहरीले सो कारमा खानतलाशी लिँदा कुनै पनि हतियार फेला नपरेको दावी गरेको छ । गुप्तचर अधिकृत लियोनार्डो साल्गाडोले बेफ्वााकमा सो परिवार सेनाको शिकार भएको र आफुले उक्त आक्रमणको वैधिानिक प्रतिरक्ष नदेखेको प्रतिक्रिया दिएका छन् ।

ति सेनामथि सैनिक अदालतले नियम कानुन नमानेको अभियोगमा मुद्धा चलाइने बताइएको छ । गत जनवरीमा बढ्दो हिँसात्मक अपराध नियनत्रण गर्ने उद्देश्यले उत्तर पुर्वी शहर फोतौलेजामा ३ सय जना फौज परिचालित गरिएको थियो ।

तत्कालिन राष्ट्रपति मिचेल टेमरले रियो राज्यमा केहि समयका लागि सेना तैनाथ गराएका थिए । नयाा अति दक्षिणपन्थि राष्ट्रपति जायर बोल्सोनारोको सुरक्षा व्यवस्थालाई थप कडाई गर्ने नीति प्रति सेना खुशी भएके केहि सुरक्षा विशलेषकहरुले बताएका छन् ।