स्वास्थ्य बीमा उत्साहजनक स्वास्थ्य बीमाबाट ७७ हजार नागरिक लाभान्वित

0
Shares

रोशन पराजुली, हेटौंडा ।
मकवानपुरमा ७७ हजार २ सय ८७ नागरिकले स्वास्थ्य बीमा गरेका छन्। स्वास्थ्य बीमा लागू भएपछिको अवधिमा स्वास्थ्य बीमा गर्ने नागरिकको सहभागिता उत्साहजनक देखिएको हो।

गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको समान पहु“च सुनिश्चित गर्न सरकारले बीमा कार्यक्रम लागू गरेस“गै मकवानपुरमा बीमा गर्नेको संख्या उत्साहजनक देखिएको छ। मकवानपुरमा २०७३ असार १५ देखि लागू भएको स्वास्थ्य बीमाप्रति दिनप्रतिदिन नागरिकको आकर्षण बढेको स्वास्थ्य बीमा बोर्ड मकवानपुरका नामांकन अधिकृत नरबहादुर खड्काले बताउनुभयो। बागमती गाउ“पालिकाका २ सय ५० परिवारबाट १ हजार १ सय ७६ जना, भीमफेदी गाउ“पालिकमा ६ सय परिवारका ३ हजार ४ सय १९ जना, थाहानगरका आठ सय ९२ परिवारका ४ हजार ९ सय ५३ नागरिकले बीमासेवा पाएका छन्।

मनहरी गाउ“पालिका १ हजार ९ सय ९ घरधुरीबाट ११ हजार ८ सय ४२, हेटौंडा उपमहानगरका ७ हजार १ सय २३ घरधुरीबाट ४० हजार ६ सय २८, कैलाश गाउ“पालिकाका ३ सय ३० घरधुरीबाट १ हजार ७ सय ५३, मकवानपुरगढी गाउ“पालिकाको ७ सय ८० परिवारबाट ४ हजार ४ सय ९२, राक्सिराङ गाउ“पालिका २ सय ९० परिवारबाट १ हजार ५ सय ६०, इन्द्रसरोवर गाउ“पालिकाको ५ सय ५० परिवारबाट ३ हजार १ सय ८६ र बकैया गाउ“पालिकाका ६ सय ८८ परिवारबाट ४ हजार २ सय ७८ जना सेवाग्राही रहेको बीमा बोर्डको तथ्यांक छ।

यतिको संख्यामध्ये बीमा दाबी गर्नेको संख्या भने आ“खा अस्पतालबाट ९ हजार ५ सय १६, भीमफेदी प्राथमिक स्वास्थ्य केन्द्रबाट ७ सय ६२, चितवन फार्मेसीबाट २ हजार १ सय ५६, चुरेहिल अस्पतालबाट ११ हजार ४ सय ७५, हेटौंडा अस्पतालबाट २३ हजार २ सय २६, प्राथमिक स्वास्थ्य केन्द्र मनहरीबाट ४ हजार २ सय २२, मनमोहन मेमोरियल अस्पतालबाट २ हजार १ सय ९१ र प्राथमिक स्वास्थ्य केन्द्र पालुङबाट १ हजार २ सय २ जना रहेको तथ्यांक छ। जसमा हालसम्म रिफर गरिएका बिरामी प्राथमिक स्वास्थ्य केन्द्र पालुङबाट २३ जना, प्राथमिक स्वास्थ्य केन्द्र भीमफेदीबाट १ सय ३८, चुरेहिल अस्पतालबाट ११ जना, हेटौंडा अस्पतालबाट ८५ र मनमोहन मेमोरियल अस्पतालबाट २ जना छन्।

हेटौंडा अस्पताल र मनहरी, भीमफेदी, पालुङ र छतिवन गरी ४ प्राथमिक स्वास्थ्य केन्द्रलाई मात्र स्वास्थ्य बीमा कार्यक्रमको प्रथम सेवाविन्दु तोकिएको छ। रिफरलमा चुरेहिल अस्पताललाई तोकिएको र इन्द्रसरोवर गाउ“पालिकालाई ठाउ“ अपायक पर्ने भएकाले काठमाडौंको पाटन अस्पतालमा स्वास्थ्य बीमा सेवासुविधाको जिम्मा दिइएको छ।

बीमितले तोकिएको सरकारी अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य अपरेसनलगायत उपचार प्राप्त गर्न सक्छन्। तर, त्यहा“ लाग्ने सिरिन्ज, टा“कालगायतको शुल्क भने तिर्नुपर्ने चुरेहिल अस्पतालका सूचना अधिकारी रविरमण अधिकारीले बताउनुभयो। हाल सरकारले १ हजार १ सय ८३ प्रकारको औषधि बीमामा राखेको छ। अधिकारीका अनुसार चुरेहिल अस्तालमा दैनिक डेढ सयको हाराहारीमा बीमाका बिरामी आउने गरेका छन्। बीमा गरिसकेका सदस्यले सरकारले तोकेको अस्पतालबाट ५० हजारसम्मको निःशुल्क स्वास्थ्य उपचारसेवा प्राप्त गर्छन्। वार्षिकरूपमा बीमा नवीकरण गर्नेको संख्या पनि राम्रो रहेको खड्काको भनाइ छ।

‘नवीकरण नगरेका पनि बिरामी भएपछि आफै बीमा गर्न खोज्दै आउने गरेका छन्।’ –उहा“ले भन्नुभयो। मकवानपुरमा १ सय २८ जना बीमा अभिकर्ता परिचालन गरिएको खड्काले जानकारी दिनुभयो।
५ जनाभन्दा माथिको परिवारको हकमा प्रतिव्यक्ति १० हजारका दरले क्षतिपूर्ति दिने व्यवस्था छ। ५ जनाको परिवारले बीमा शुल्कवापत् प्रत्येक वर्ष २ हजार ५ सयका दरले प्रिमियम बुझाउनुपर्छ।

हेटौंडा अस्पताल व्यवस्थापक सामना शर्माका अनुसार बीमा प्रयोग गर्दै दैनिक सयदेखि डेढ सयसम्म बिरामी अस्पताल आउने गरेका छन्। दैनिक अस्पताल आउने बिरामीको आधा संख्याका बिरामीले बीमा प्रयोग गर्ने गरेको उहा“ले बताउनुभयो। अस्पतालमा बिरामीको चापले बीमा कार्यक्रम प्रभावकारी देखिएको शर्माको अनुभव छ। अस्पतालको फार्मेसीबाट ७० प्रतिशत बीमाको औषधि दिन सफल भएको उहा“ले बताउनुभयो। बीमामार्फत् सेवा लिन आउने बिरामीमा निम्न र मध्यमवर्गका नागरिक धेरै हुन्छन्।