आयुर्वेदसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन धुलिखेलमा

0
Shares

पतञ्जली आयुर्वेद मेडिकल कलेज एन्ड रिसर्च सेन्टर, एडीएफ भारत, विश्व आयुर्वेद परिषद्, नेपालको आयोजना तथा नेपाल आयुर्वेद विद्यार्थी समाजको सह आयोजनामा पतञ्जलि आयुर्वेद मेडिकल कलेज एन्ड रिसर्च सेन्टर धुलिखेलमा पहिलो अन्तर्राष्ट्रिय सम्मेलन एवं कार्यशाला गोष्ठी सम्पन्न भएको छ।

दुई दिनसम्म सञ्चालित हुने यस कार्यक्रममा विभिन्न विद्वान् र विशेषज्ञका मर्म विज्ञान र अन्य समसामयिक विषयमा कार्यपत्र प्रस्तुत भई छलफल भएको थियो। कार्यक्रम स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवको प्रमुख आतिथ्य र पतञ्जलि आयुर्वेद मेडिकल कलेज एन्ड रिसर्च सेन्टर, धुलिखेलका प्राचार्य प्राडा रामचन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो। आयुर्वेदको उद्गमस्थल मानिएको हिमालयक्षेत्र जो अमृतमय वनौषधिका लागि विश्वप्रसिद्ध छ, यस पावन भूमिबाट मर्म–विज्ञानजस्तो महŒवपूर्ण विषयमा देश तथा विदेशका आयुर्वेदज्ञ, मर्म–विज्ञ, शुभेच्छुक र असल जीवनशैली अपनाएर राष्ट्रजीवन र विश्वजीवनलाई उदाहरणीय योगदान दिनुहुने विशिष्ट व्यक्तित्वको कार्यक्रममा सहभागिता रहेको थियो।

शरीरमा भएका विभिन्न संवेदनशील अंगहरू जसमा हुने आघातले प्राणसम्म लिन सक्छ। त्यस्ता अंगहरूलाई आयुर्वेदले हज्जारौं वर्ष अघिदेखि ‘मर्म’ भन्दै आएको छ। मर्ममा प्रहार हुन पुगेमा तत्कालै मृत्यु हुन्छ भन्ने व्यावहारिक कथन पनि त्यहा“बाट नै शुरू भएको हो। आधुनिक विज्ञानले गणना गरेका शरीरका मुख्य अगंमा पनि यिनै मर्महरू परेका छन्। चिनिया“ परम्परागत चिकित्सा प्रणालीले विकसित गरेको अकुपञ्चर र मोक्सिवुसन पद्धति पनि यिनै मर्मस्थलसित मिल्दोजुल्दो भएकोे पाइन्छ। आयुर्वेद संसारकै सबैभन्दा प्राचीन चिकित्साविधा हो। संसारकै शल्यचिकित्साको जनकका रूपमा आयुर्वेदका प्रवर्तक धन्वन्तरीलाई मानिएको छ। मानवसृष्टि र सृष्टिपछिको सभ्यताभन्दा पहिले नै आयुर्वेदको प्रारम्भ भएको थियो। त्यस आदिम समयदेखि नै आयुर्वेदको क्रमिक विकास हालसम्म चलिरहेको छ। यसैले आयुर्वेदका विज्ञलगायत अन्य दार्शनिकले पनि यसलाई ‘अनादि’ भने। आयुर्वेदमा १ सय ७ वटा मर्महरूको बयान लोक–कल्याणका लागि गरिएको पाइन्छ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. यादवले यस्ता कार्यक्रमले समग्र विश्वमा नेपालको पहिचान बढाउने आयुर्वेदप्रतिको जनताको आस्था र विश्वास बढ्दै जाने विचार व्यक्त गरे। आयुर्वेदको विकासका लागि स्वास्थ्य मन्त्रालयले प्रत्येक प्रदेशमा केन्द्रीय आयुर्वेद अस्पताल र सबै नगरमा आयुर्वेद केन्द्रको स्थापना गर्ने योजना रहेको भनाइ डा. यादवले राखे। कार्यक्रममा देश तथा विदेशका मर्म–विज्ञ, अनुसन्धानकर्ता एवं आयुर्वेद चिकित्सक तथा विद्यार्थीहरू सहभागी भएका थिए। दुई दिनको सम्मेलनमा विभिन्न विद्वान् र विशेषज्ञका कार्यपत्र प्रस्तुत गरिएको थियो।

साथै मर्मविज्ञानसम्बन्धी तालिम कार्यशाला पनि सञ्चालनमा रहेको थियो। सो अवसरका मुख्य वक्ता भारतका प्राडा सुनीलकुमार जोशीका साथमा उहा“का टोलीले नेपाली आयुर्वेद चिकित्सक एवं विद्यार्थीलाई तालिम दिएका थिए। मर्म चिकित्सा शरीरमा विभिन्न दुखाइ, स्ट्रोक पुनस्र्थापना, शिरोरोग एवं फ्रोजन सोल्डरलगायत विभिन्न रोगमा उपयोगी रहेको अध्ययन तथा अनुसन्धानले देखाएको छ। विश्वव्यापीरूपमा यसको महŒव बढ्दो रहेको तालिम टोलीका सदस्य डा. नवीन जोशीले बताए।